अम्बे स्टील्स्द्वारा डिलर सम्मेलन सम्पन्न

काठमाडौं । देशकै सबैभन्दा ठूलो छड उत्पादक कम्पनी अम्बे स्टील्स्ले फाल्गुन १४ गते नुवाकोटमा डिलरहरुसँग डिलर सम्मेलन २०७७ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अम्बे स्टील्स्का ब्राण्ड एम्बेसेडर हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलगायत नुवाकोट जिल्लाका वरिस्ठ उच्च पदस्थ व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो ।

 

सम्मेलनको मुख्य उद्देश्य वर्षैंदेखि अम्बे स्टील्स्ले ग्राहकहरुलाई प्रदान गर्दै आएको विक्री तथा सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने रहेको थियो ।

 

अम्बे स्टील्स्ले आफ्नो भैरहवा र नेपालगञ्जमा अवस्थित दुईवटा फ्याक्ट्रीबाट नेपालकै सबैभन्दा बढी दैनिक १४०० टन छड उत्पादन गरी नेपाली बजारमा पुर्याउँदै आएको छ । यस कम्पनीबाट उत्पादित टीएमटी छड अन्तर्राष्ट्रिय गुणस्तरको हाइ क्वालिटी भएको हुनाले नेपाली बजारमा सबैभन्दा बढि रुचाइएको छड हो । हाल यसले ँभछण्ण्म् छड पनि उत्पादन गरी उपभोक्ता माझ पुर्याउँदै आएको छ ।

 

कार्यक्रममा कम्पनीलाई नयाँ उचाईमा पुर्याउन डिलरहरुको मिहेनत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भाबी योजनाबारे छलफल गरिएको थियो ।

 

अम्बे स्टील्स्का प्रतिनिधिले भने, ‘यहाँहरुका मिहेनत र ग्राहकसेवाले गर्दा कम्पनीले नयाँ उचाई मापन गरेको छ । यसको लागि देशभरका डिलरहरुप्रति आभार प्रकट गर्दछौं । हामीहरुले यो उचाई कायम राख्न अझै बढि ग्राहकसेवामा केन्द्रित रहेर विक्री सेवामा सुधार गर्दै जानुपर्छ । साथै, ग्राहकहरुको विश्वास जित्दै कम्पनीको लक्ष्य हासिल गर्न हामी निरन्तर लागि पर्नुपर्छ ।’

अब लघुवित्तले उपत्यका बाहिर २ शाखा खोलेपछि मात्र काठमाडौंमा शाखा खोल्न पाउने Read Previous

अब लघुवित्तले उपत्यका बाहिर २ शाखा खोलेपछि मात्र काठमाडौंमा शाखा खोल्न पाउने

मनाङमा पहिलोपटक जोडियो ३३ केभीको प्रसारण लाइन Read Next

मनाङमा पहिलोपटक जोडियो ३३ केभीको प्रसारण लाइन