अब लघुवित्तले उपत्यका बाहिर २ शाखा खोलेपछि मात्र काठमाडौंमा शाखा खोल्न पाउने

काठमाडौं । अब लघुवित्त संस्थाहरुले उपत्यका बाहिर २ शाखा सञ्चालनमा ल्याएपछि मात्र उपत्यकामा शाखा खोल्न पाउने भएका छन् ।

 

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७७ मा संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै यस्तो व्यवस्था गरेको हो ।

 

राष्ट्र बैंकका अनुसार अब उपत्यका बाहिर, महानगरपालिका र उपमहानगरापलिका बाहेकका स्थानमा पुस मसान्तपछि दुई वटा शाखा सञ्चालनमा ल्याएपछि मात्र उपत्यकामा लघुवित्तको शाखा नभएको स्थानीय तहको वडाहरुमा एक शाखा खोल्ने अनुमति दिइनेछ ।

 

उपत्यकामा उपत्यका बाहिर खोलिने दुई शाखामध्ये कम्तीमा एउटा शाखा शाखा गाउँपालिकामा खोलिएको हुनु राष्ट्र बैंकले जनाएको छ ।

महासंघ र विभागबीच उद्योगको गुणात्मक विश्लेषण अध्ययन गर्ने सम्झौता Read Previous

महासंघ र विभागबीच उद्योगको गुणात्मक विश्लेषण अध्ययन गर्ने सम्झौता

अम्बे स्टील्स्द्वारा डिलर सम्मेलन सम्पन्न Read Next

अम्बे स्टील्स्द्वारा डिलर सम्मेलन सम्पन्न