फागुन २३ देखि ज्योति लाइफको आइपीओ आउँदै, कति कित्तासम्म भर्न पाइन्छ ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

 

कुल निष्काशित आइपीओमध्ये ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) कर्मचारी र अर्को ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) नै सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको आइपीओमा फागुन २८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिभित्र विक्री नभएका भने ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

 

हाल १ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

वैशाखदेखि सञ्चालनमा आउँदै चोभार बन्दरगाह, ७५ प्रतिशत काम पूरा Read Previous

वैशाखदेखि सञ्चालनमा आउँदै चोभार बन्दरगाह, ७५ प्रतिशत काम पूरा

मेलम्चीको पानी आइपुग्न कम्तीमा १५ दिन लाग्ने, चार दिनमा ३ किमी पार Read Next

मेलम्चीको पानी आइपुग्न कम्तीमा १५ दिन लाग्ने, चार दिनमा ३ किमी पार