काठमाडौं । निर्यात व्यापारको मुख्य हिस्सा खाने तेलले ओगटेको छ । निर्यात व्यापरको झन्डै एकतिहाइ हिस्सा खानेतेलले ओगटेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवको ७ महिना (साउन-माघ)को अवधिमा नेपालबाट कुल ७० अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा २० अर्ब १६ करोड ६ लाख रुपैयाँ बराबरको खाने तेल निर्यात भएको छ । कुल निर्यात भएको खानेतेल मध्ये १९ अर्ब ५९ करोड रुपैयाँ बराबरको भटमासको मात्रै तेल निर्यात भएको छ । यो कुल निर्यातको २८ प्रतिशत हिस्सा रहेको विभागले जनाएको हो ।
चालू आर्थिक वर्षको ७ महिनामा कुल २० अर्ब १६ करोड ६ लाख रुपैयाँ बराबरको खाने तेल निर्यात भएको छ । सो रकममा १ करोड ३५ लिटर सो मध्ये १९ अर्ब ५९ करोड १४ लाख रुपैयाँ बराबरको सोयाबिन खाने तेल निर्यात भएको विभागका सूचना अधिकारी शिशिर घिमिरेले बताए ।
भटमासको तेल निर्यात डेढ गुणाले वृद्धि भएको छ । चालू आर्थिक वर्षको ७ महिनामा निर्यातको २८ प्रतिशत हिस्सा भट्मासको तेलले ओगटेको छ । विभागले पाम आयल निर्यात रोक भएपछि भटमासको तेलको निर्यातले समग्र निर्यात व्यापारमा सुधार ल्याएको जनाएको छ ।
कोरोना महामारीका कारण वैदेशिक व्यापार प्रभावित भए पनि भटमासको तेल निर्यात भने ७० प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवको ७ महिनाको अवधिमा नेपालबाट कुल ७० अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा १९ अर्ब ५९ करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ । यो कुल निर्यातको २८ प्रतिशत हिस्सा रहेको विभागले जनाएको हो ।
चालू आर्थिक वर्षको ७ महिनामा कुल २० अर्ब १६ करोड ६ लाख रुपैयाँ बराबरको खाने तेल निर्यात भएको छ । सो रकममा १ करोड ३५ लिटर सो मध्ये १९ अर्ब ५९ करोड १४ लाख रुपैयाँ बराबरको सोयाबिन खाने तेल निर्यात भएको विभागका सूचना अधिकारी शिशिर घिमिरेले बताए ।
उनले पछिल्लो समय सोयाबिनको तेल तथा कच्चा पदार्थ निर्यात धेरै बढेको बताए । उनले चालू आवमा निर्यातको २८ प्रतिशत नै सोयाबीन तेलले ओगटेको बताए ।‘गत वर्षबाट सोयाबीनको तेल निर्यात बढेको छ, विशेषगरी भारतमा यो तेलको माग धेरै छ,’ घिमिरेले भने ।
गत आर्थिक वर्ष २०७६/७७ को ७ महिनामा १३ अर्ब ९३ करोड ६० लाख रुपैयाँ बराबरको खाने तेल निर्यात भएको थियो । सो मूल्यमा १३ करोड ३५ लाख ५१ हजार लिटर खाने तेल निर्यात भएको थियो । उक्त अवधिमा कुल १३ अर्ब ९२ करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षमा कुल ४९ अर्ब ४६ करोड ८८ लाख रुपैयाँ बराबरको खाने तेल निर्यात भएको थियो । सो अवधिमा भटमासको तेल १८ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।
३३ अर्बको तेल र तेल जन्य कच्चा पदार्थ आयात
चालू आर्थिक वर्षको ७ महिनामा ३३ अर्ब ६३ करोड ६२ लाख रुपैयाँ बराबरको खाने तेल आयात भएको छ । सो अवधिमा ३४ करोड १२ लाख लिटर तेल तथा तेलका कच्चा पदार्थ आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्ष २०७६/७७ को ७ महिनामा २९ अर्ब १ करोड ३२ लाख रुपैयाँ बराबरको खाने तेल आयात भएको थियो । गत आर्थिक वर्षमा कुल ५० अर्ब २२ करोड २३ लाख रुपैयाँ बराबरको खाने तेल आयात भएको थियो । सो मूल्यमा ५६ करोड ३६ लाख लिटर तेल तथा घिउ आयात भएको थियो । आयातका क्रममा सरकारले ८ अर्ब ७६ करोड रुपैयाँ राजस्वसंकलन गरेको थियो ।
भान्छामा दैनिक प्रयोगमा आउने तेल आयातका क्रममा आर्थिक वर्ष २०७५/७६ मा ३४ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बाहिरीएको छ । सो आवमा तेल आयात भए बापत ७ अर्ब ४७ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा २७ अर्ब २३ करोड ८८ लाख रुपैयाँ बराबरको तेल आयात भएको थियो । सो आवमा तेल आयात मार्फत ४ अर्ब ७३ करोड ५२ लाख रुपैयाँ राजस्वसंकलन भएको थियो ।
यस्तै, आर्थिक वर्ष २०७३/७४ मा २६ अर्ब ७८ करोड २९ लाख रुपैयाँ बराबरको तेल आयात भएको थियो । सो आवमा तेल आयातबाट ४ अर्ब ५ करोड २८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । नेपालमा तेल आयात दिनप्रति दिन बढ्दो क्रममा रहेको छ ।