नागरिक लगानी कोषको साढे ३ लाख कित्ता सेयर १०० रुपैयाँमै किन्ने अवसर

काठमाडौं । नागरिक लगानी कोषको साढे ३ लाख कित्ता सेयर लिलामीमा आउने भएको छ । कोषले हकप्रद सेयरमा नबिकेको ३ लाख ५४ हजार २१३.०५ कित्ता सेयर लिलामी मार्फत विक्री गर्न लागेको हो ।

 

कोषले पुस २८ गतेबाट माघ १९ गतेसम्म १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर विक्रीमा ल्याएको थियो । सो मध्ये १ करोड ३२ लाख ३८ हजार ३७८.९५ कित्ता हकप्रद विक्री भएको थियो भने बाँकी रहेको सेयर अहिले लिलामीमार्फत विक्री गर्न लागेको हो ।

 

कोषको लिलामी सेयरमा फागुन २१ गतेदेखि चैत २ गतेसम्म शिलबन्दीमार्फत आवेदन दिनु पर्नेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ नघटाइ आफूले किन्न चाहेको सेयर संख्यार मूल्यसहित बोलपत्र पेश गर्नुपर्नेछ ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् । कोषको लिलामी सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।

 

लगानीकर्ताले विक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौं तथा नागरिक लगानी कोषको कार्यालय, नयाँ बानेश्वर काठमाडौं, विराटनगर र पोखरामा आवेदन दिन सक्नेछन् । साथै, राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयहरुमा पनि बोलपत्र बुझाउन पाउने व्यवस्था छ ।

 

हाल १ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कोषको हकप्रद र बाँकी रहेको सेयर लिलामी पछि चुक्ता पूँजी ३ अर्ब रुपैयाँ पुग्नेछ ।

सारथी नेपाल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति Read Previous

सारथी नेपाल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति

नेप्सेको टीएमएस प्रणालीमा समस्या, चलखेल कि प्राविधिक समस्या ? Read Next

नेप्सेको टीएमएस प्रणालीमा समस्या, चलखेल कि प्राविधिक समस्या ?