सारथी नेपाल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ९.११ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद गरी कुल ९.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

अदुवाको भाउ ह्वात्तै घटेपछि किसानमा निराशा Read Previous

अदुवाको भाउ ह्वात्तै घटेपछि किसानमा निराशा

नागरिक लगानी कोषको साढे ३ लाख कित्ता सेयर १०० रुपैयाँमै किन्ने अवसर Read Next

नागरिक लगानी कोषको साढे ३ लाख कित्ता सेयर १०० रुपैयाँमै किन्ने अवसर