सेयर बजारलाई माथ खुवाउने ‘क्रिप्टोकरेन्सी’, यसकारण युवापुस्ता लगानी गर्न हुँदैछन् आकर्षित

काठमाडौं । अहिले मिलिनियाहरूको (२००० को दशकमा जम्मेका) आधारभूत चरित्र कस्तो छ भने उनीहरूलाई सबैथोक औंलाको टुप्पामै चाहिन्छ । अर्थात उनीहरूको स्मार्टफोनमा सबै सुविधा चाहिन्छ । बिहानीको समाचारदेखि लिएर किराना खरिदसम्म र खानेकुराहरू समेत उनीहरू स्मार्टफोनकै प्रयोगबाट पढ्ने र खरिद गर्ने गर्न थालेका छन् ।

 

फिनटेक प्रविधि पनि पुस्तासँगै विकास हुँदै गइरहेको छ । डिजिटल र शाखारहित बैंकहरूले परम्परागत बैंकिङ प्रणालीलाइ विस्तापित गर्न थालेका छन् । तिरोतारो र पैसाको ट्रान्सफर बिजुलीको गतिमा हुन थालेको छ ।

 

एलन मस्क जस्ता विश्वका ठूला व्यवसायीहरूले त क्रिप्टोकरेन्सीमै भविष्य देखेर अर्बौं डलर हालै बिटक्वाइनमा लगानी गरेका छन् । पछिल्लो १ वर्षमै बिटक्वाइनको मूल्य १० गुणभन्दा धेरै बढिसकेको छ । सन् २०२० को मार्चम १ बिटक्वाइनको मूल्य ५३४२ डलर रहेकोमा अहिले बढेर ५१ हजार ६०१ डलर पुगिसकेको छ ।

 

अहिले मिलिनीयाहरू पछिल्लो समय ‘डिजीटल करेन्सी’लाई पनि सहज ढंगले स्वीकार गर्न थासिकेका छन् । भारत, नेपाल जस्ता विकासशील देशहरूमा पनि युवाहरू अहिले क्रिप्टोकरेन्सी प्रति आकर्षित भइरहेका छन् । नेपालमा भने चर्चा प्रशस्त भए पनि अझै क्रिप्टोकरेन्सी कानुनी दायरामा अटाउन सकेको छैन । हालै गरिएको एक अन्तर्राष्ट्रिय सर्भेका अनुसार ६६ प्रतिशत युवाहरूले क्रिप्टोकरेन्सीमा आफ्नो विश्वास जताएका छन् ।

 

एलन मस्क जस्ता ठूला व्यवसायीहरूले त क्रिप्टोकरेन्सीमै भविष्य देखेर अर्बौं डलर हालै बिटक्वाइनमा लगानी गरेका छन् । क्रिप्टोकरेन्सी भनेको डिजीटल एसेट हो जुन कारोवारको माध्यम हुनुका साथै मूल्य पनि यसमा स्टोर भएको हुन्छ ।

 

अहिलेका युवाहरू हरेक प्रकारका डिजिटल प्रविधि प्रति आकर्षित हुँदै आएका छन् । लगानीको सन्दर्भमा पनि उनीहरू धेरै कारोबार अनलाइन र मोबाइल एपकै माध्यमबाट गर्न थालिसकेका छन् । कागजी प्रक्रिया प्रति उनीहरूको रुची घट्दै गइरहेको छ ।

 

क्रिप्टोकरेन्सीको उदय डिजिटल मुद्राको रूपमा करिब १ दशकअघि उदाएको हो । यसको मतलब यस्ता मुद्राको खरिद, विक्री, साटफेर र स्टोर डिजिटल माध्यमबाट मात्र गर्न संभव छ । यो अहिले विश्वभरी लगानीको दुनियाँमा नै नयाँ ‘एसेट क्लास’को रूपमा अगाडि आएको छ ।

 

हरेक कुरा छिटो र झट्टै खोज्ने चरित्र भएको अहिलेको पुस्ताको लागि यसको कारोबारको प्रकृतिको हिसाबले क्रिप्टोकरेन्सी निकै चर्चित हुँदै गएको जानकारहरू बताउँछन् । यसको कारोबार ३६५ दिन र २४ सै घण्टा गर्न सकिन्छ । सेयर कारोबार जस्तो यसको कारोबार गर्नका लागि निश्चित समय कुरिराख्नु पर्दैन ।

 

विश्वभर गरिएका अध्ययनहरूले विभिन्न कारणहरूले गर्दा मिलिनियाहरू माझ क्रिप्टोकरेन्सी लोकप्रिय भएको र उनीहरूको जीवनशैलीसँग ‘म्याच’ भएको अध्ययनहरूले देखाएका छन् ।

 

धेरै र छिटो मुनाफा

 

मिलिनियाहरू निकै महत्वाकांक्षी पुस्ता हो । उनीहरू छोटो समयमै धेरै नाफा खोज्छन् । अन्य क्षेत्रमा लगानी गरेर भन्दा क्रिप्टोकरेन्सीमा लगानी गरेर धेरै नाफा कमाउन सकिने तथ्यले नै देखाएका छन् ।

 

सन् २००९ मा शुरु भएयता क्रिप्टोकरेन्सीको मूल्यमा व्यापक वृद्धि भएको छ र यसले ‘टप एसेट क्लास २’ को रूपमा सुनलाइ उछिनिसकेको छ । ऐतिहासिक रूपमा बिटक्वाइन सबैभन्दा चर्चित क्रिप्टोकरेन्सी हो । सन् २०१८ बाहेक हरेक वर्ष यसको मूल्यमा बढोत्तरी भएको छ ।

 

विगत १ वर्षमा मात्र बिटक्वाइन ४०० प्रतिशतले बढिसकेको छ भने दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथिरियम १००० प्रतिशतले बढेको छ ।

 

पछिल्लो १ वर्षमै बिटक्वाइनको मूल्य १० गुणभन्दा धेरै बढिसकेको छ । सन् २०२० को मार्चम १ टिक्वाइनको मूल्य ५३४२ डलर रहेकोमा अहिले बढेर ५१ हजार ६०१ डलर पुगिसकेको छ । अझै यसको मूल्य तीव्र गतिमा बढ्ने संकेत देखिएको छ ।

 

धेरै जोखिम

 

क्रिप्टोकरेन्सीको मूल्यमा धेरै उतारचढाव हुने गर्छ । अत्याधिक धेरै उतारचढाव हुने हुनाले कामकाजी जीवनको उत्तराद्र्धमा पुगेका मानिसहरूको लागि यो त्यति उपयुक्त हुँदैन । तर, युवाहरूको अवकाशपूर्ण जीवन धेरै टाढा भएका कारण उनीहरूले अत्याधिक जोखिम लिन सक्छन् र त्यसै अनुरुप दीर्घकालीन लगानी गर्न सक्छन् । उनीहरूको यस्तो जीवनशैलीसँग म्याच भएका कारण क्रिप्टोकरेन्सी उनीहरू माझ लोकप्रिय हुँदै गएको देखिएको छ ।

 

आधुनिक वैकल्पिक लगानी

 

वैकल्पिक लगानी भन्नाले अहिले सेयर, डिबेन्चरजस्ता चलनचल्तीको एसेटक्लास भन्दा यो भिन्न छ । यसको आधारभूत चरित्र फरक छ । परम्परागत एसेट क्लासहरूसँग यसको साइनो छैन । आधुनिक र वैकल्पिक बाटोहरूमा हिँड्न चाहनु युवाहरूको चरित्र नै हो ।

 

के नेपालबाट पनि लगानी गर्न पाइन्छ ?

 

अहिले विदेशमा बस्ने नेपालीहरूले यसमा लगानी गरिरहेको सुन्नमा आए पनि नेपालमा भने लगानीको यो विकल्प कानुनी दायरामा आइसकेको छैन । भारतमा भने यसमा लगानीको लागि विभिन्न नयाँ प्लेटर्फमहरू बनिसकेका छन् । भारतीय युवाहरू यसमा धेरै आकर्षित भइरहेका छन् ।

 

नेपालमा पनि केही वर्षयता यसका बारेमा प्रशस्तै चर्चा हुन थालिसकेको छ । सञ्चार माध्यमहरूमा पनि क्रिप्टोकरेन्सीहरूको मूल्य घटबढलाई लिएर समाचारहरू प्रथमिकताका साथ प्रकाशित हुन थालिसकेका छन् । तर नियामकले भने अझै यसका बारेमा दृष्टिकोण बनाइसकेको देखिएको छैन ।

 

नेपाल राष्ट्र बैंक लगायतका नियामकले नेपालबाट यसमा लगानी गर्न पूर्णतः प्रतिबन्ध लगाएका छन् । विश्वभर नै कानुनी दायारामा आउन नसकेको क्रिप्टोकरेन्सीमा लगानी गर्नु उच्च जोखिम रहेको जनाकारहरू बताउँछन् ।

कोरियाले अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने Read Previous

कोरियाले अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने

एकहप्तामा कतिले बेचे इन्फ्रस्ट्रक्चर बैंकको सेयर ? Read Next

एकहप्तामा कतिले बेचे इन्फ्रस्ट्रक्चर बैंकको सेयर ?