काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारीको चाप घटाउन वैकल्पिक मार्गका रूपमा २०५६ सालबाट निर्माण शुरु गरिएको धोबीखोला करिडोर निर्माण अझै पूरा हुन सकेको छैन ।
निर्माण शुरु भएको २ दशक बिते पनि ठेकेदारको लापारबाही, कामदार अभाव, स्थानीयको अवरोध लगायत कारणले अझै सम्पन्न हुन नसकेको हो ।
लामो समयदेखि ग्रुज्रिएको आयोजनको काम चालू आवमा भने सम्पन्न गर्ने लक्ष्य लिइएको छ । २१ वर्ष अघि शुरु भएको करिडोर निर्माण हालसम्म ९० प्रतिशत पूरा भएको उपत्यका विकास प्राधिकरणले जनाएको छ ।
चालू आर्थिक वर्षभित्र धोबीखोला करिडोर निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उपत्यका विकास प्राधिकरण अन्तर्गत जिल्ला आयुक्त कार्यालयका इन्जिनीयर सजन कुँवरले बताए ।
उनका अनुसार हालसम्म सो खण्डमा १६ किलोमिटर कालोपत्र भइसकेको बताए । ५ किलोमिटर सडकमा कालोपत्रको काम भइरहेको छ भने बाँकी ५ किलोमिटरमा पाइप हाल्ने ढल, पानी, पार्क लगायतका पूर्वाधार निर्माणका कामहरू भइरहेका छन् ।

कालोपत्र भइरहेको ५ किलोमिटरको काम सम्पन्न भएपछि ९५ प्रतिशत करिडोरको काम सम्पन्न हुने उनको भनाइ छ । ‘९० प्रतिशत काम पूरा भइसकेको छ, ५ किलोमिटर कालोपत्र हुँदै छ, त्यो सकियो भने ९५ प्रतिशत काम पूरा हुनेछ,’ कुँवरले चाणक्य पोष्टसँग भने ‘बाँकी ५ किलोमिटरमा आउँदो जेठसम्म निर्माण सक्ने गरी काम भइरहेको छ ।’
हालसम्म धोबीखोला करिडोर अन्तर्गत २ अर्ब ८० करोड रुपैयाँ बजेट खर्ब भइसकेको छ । सो आयोजना कुल ४ अर्ब ५८ करोड रुपैयाँ लगातको हो । पछिल्लो समय करिडोर अन्तर्गत कपन साततलेदेखि राममन्दिरसम्म ढल हाल्ने काम भइरहेको छ । अहिले कपन भंगाल गोपीकृष्ण तिरको काम भइहेको छ । त्यहाँ वाल, बेस, सबबेसको काम चलिरहेको छ ।
धोबीखोला कोरिडोर निर्माण २ दशक बढी समयमा समेत सम्पन्न हुन सकिरहेको छैन । धोबीखोला कोरिडोर निर्माण प्रकृया शुरु भएको २१ वर्ष भइसकेको छ । काठमाडौं महानगरपालिकाले सवारीको चाप घटाउन वैकल्पिक मार्गका रूपमा धोबीखोला करिडोरको २०५६ सालबाट निर्माण प्रक्रिया अगाडि सारिएको हो । लामो समयदेखि म्याद थप हुँदै आएको धोबीखोला करिडोर निर्माण २०७७/७८ सालको अन्तसम्ममा सम्पन्न हुने दाबी गरिएको छ ।
यस्तै, उपत्यका विकास प्राधिकरणका सहरी योजनाकार भागवत खोखालीका अनुसार अनामनगर देखि गोपीकृष्णसम्म कोरिडोर निर्माण हुने काम सकिसकेको छ । हाल धोबीखोला कोरिडोर अन्तर्गत अनामनगरदेखि गोपीकृष्णसम्म दुवैतर्फ पिच भई सडक निर्माण भइसकेको छ ।
काठमाडौं महानगरपालिकाले सवारीको चाप घटाउन वैकल्पिक मार्गका रूपमा धोबीखोला करिडोरलाई २०५६ सालबाट निर्माण प्रक्रिया अगाडि सारिएको हो ।
महानगर अन्तर्गतको काठमाडौं भ्याली म्यापिङ प्राजेक्टबाट यो करिडोर सुधार आयोजना शुरु भएको थियो । तर, त्यसमार्फत राम्रो काम नभएपछि २०६४ पुसमा आयोजनाको जिम्मा सरकारले नै लिएको थियो । अहिले उपत्यका विकास प्राधिकरणलाई दिइएको छ