लक्ष्मी बैंकले स्मार्ट फोन किन्न २ लाखसम्म ऋण दिने, बिना धितो पाइने

काठमाडौं । लक्ष्मी बैंकले एफ्–वान सफ्टसँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा शुरु गरेको छ। स्मार्ट फोनलोन एक कर्जा रुपी सेवा हो । जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एप बाटै अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन् ।

 

कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को एनलाइटिक्स सफ्टवेरले गर्नेछ।

 

हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउँदै लगिने योजना रहेको छ।

 

आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा संचालनमा ल्याएको हो ।

 

यो कर्जा पूरै डिजिटल मैत्री भएकाले कुनै कागजपत्र तथा निवेदन बिनानै लिन सकिन्छ । र यो पूर्व स्वीकृति हुने हुँदा कुनै धितो बिना प्रदान गरिनेछ। सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुने बितिकै कर्जा रकम ग्राहकको खातामा जम्मा हुने व्यवस्था रहेको छ।

फास्ट ट्रयाकमा सुरुङमार्ग निर्माण पर धकेलिँदै, निर्माण कम्पनी छनोटमा ढिलाइ  Read Previous

फास्ट ट्रयाकमा सुरुङमार्ग निर्माण पर धकेलिँदै, निर्माण कम्पनी छनोटमा ढिलाइ 

गौचरनमा परिणत महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने Read Next

गौचरनमा परिणत महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने