हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

कम्पनी संचालक समितिको सोमबार बसेको बैठकले सेयरधनीलाई गत आवको मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.७५ प्रतिशत नगद लाभांश गरी ६.७५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।

भैँसेपाटीमा अत्याधुनिक 'मन्त्री क्वाटर' धमाधम बन्दै, ३५ प्रतिशत काम सम्पन्न Read Previous

भैँसेपाटीमा अत्याधुनिक 'मन्त्री क्वाटर' धमाधम बन्दै, ३५ प्रतिशत काम सम्पन्न

फरवार्ड माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन Read Next

फरवार्ड माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन