काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
लघुवित्तले यही फागुन २१ गते वार्षिक साधरण सभा बोलाएको छ । साधरण सभा प्रयोजनाका लागि फरवार्डले फागुन ५ गते बुक क्लोज मिति तोको छ । तसर्थ लघुवित्तको लाभांश पाउन आजसम्म सेयरधनी बनिसक्नुपर्नेछ ।
लघुवित्तले गत वर्षको मुनाफाबाट योग्य मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.५८ प्रतिशत नगद गरी कुल ३१.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।
हाल ५० करोड ४ लाख १५ हजार ४०० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनसपछि ६२ करोड ५५ लाख १९ हजार २५० रुपैयाँ पुग्नेछ ।