काठमाडौं । पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज साझेदारी कार्यक्रम ल्याइएको छ । उक्त कार्यक्रम अन्तर्गत २०० विभिन्न आयोजनाहरु अघि सारिएका छन् । माघ २९ गते पर्यटकीय गन्तव्य विकास गर्ने कार्यक्रम अन्तर्गत १ देखि ३ वर्षभित्र निर्माण हुने व्यवस्था गरिएको छ ।
कार्यक्रम अन्तर्गत सबैभन्दा बढी प्रदेश १ मा पूर्वाधार निर्माण आयोजनाहरु रहेका छन् । प्रदेश १ मा ५५ आयोजनाहरु निर्माण हुने भएका छन् । सो आयोजना निर्माणका लागि २ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ ।
प्रदेश २ मा २२ आयोजना निर्माणका लागि तयारी गरिने भएको छ । उक्त आयोजनाका लागि १ अर्ब १३ करोड ३८ लाख रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ ।
वाग्मती प्रदेशमा ३१ आयोजनाहरु निर्माण गरिने भएको छ । सो आयोजना निर्माणका लागि १ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ लगानी आवश्यक पर्ने भएको छ ।
गण्डकी प्रदेशमा २३ आयोजनाहरु निर्माण गरिने भएको छ । सो ओाजनामा ९७ करोड २ लाख ४० हजार रुपैयाँ लगानी आवश्क पर्ने छ ।
लुम्बिनी प्रदेशमा २५ आयोजना निर्माण गरिने भएको छ । उक्त आयोजनाका लागि १ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ ।
कर्णाली प्रदेशमा १७ वटा मात्र आयोजना निर्माण गरिने भएको छ । सो आयोजना ७२ करोड ४८ लाख रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा २६ वटा आयोजना निर्माण गरिने भएको छ । उक्त आयोजनाहरु १ अर्ब ३० करोड ३९ लाख रुपैयाँ लगानी लाग्ने अनुमान छ ।
कुन प्रदेशमा कहाँ के पूर्वाधार बन्दैछ ?