प्रभु इन्स्योरेन्सले घोषणा गर्यो अघिल्लो वर्षकोभन्दा ६ प्रतिशत कम लाभांश

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

कम्पनी सञ्चालक समितिको शनिबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा ६ प्रतिशत कम हो । प्रभुले सो आवमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ११.३२ प्रतिशत नगद गरी कुल १६.३२ प्रतिशत लाभांश दिएको थियो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

महुली लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति Read Previous

महुली लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति

इन्फ्रास्ट्रक्चर बैंक सेयर किन्नेको ओइरो, १४ लाख कित्ता माग हुँदा बेच्ने शून्य Read Next

इन्फ्रास्ट्रक्चर बैंक सेयर किन्नेको ओइरो, १४ लाख कित्ता माग हुँदा बेच्ने शून्य