कुर्था-जयनगर रेलको भाडा बसको जति नै तोक्ने प्रस्ताव, ३५ किमीको भाडा कति रुपैयाँ ?

काठमाडौं । कुर्था–जयनगर रेलमार्गमा झण्डै सडक मार्गमा सरकारले तोके जतिकै भाडादर कायम गरिने भएको छ ।

 

सो रेलमार्गमा रेल सञ्चालनको तयारी अघि बढाइरहँदा नेपाल रेल्वे कम्पनी लिमिटेडले भाडादर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ ।

 

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर सडकमा भाडादर ७५ रुपैयाँ प्रस्ताव गरिएको कम्पनीका महापबन्धक गुरु भट्टराईले जानकारी दिए । अरु सवारीसाधन जति नै हुने गरी भाडादर प्रस्ताव गरिएको उनले बताए। सामान्य भन्दा डिलक्स सिटका लागि भने महँगो भाडा पर्नेछ ।

 

सामान्य भन्दा चारदेखि पाँच गुणासम्म महँगो भाडा कायम हुनसक्ने उनको भनाइ छ । उनले भने, ‘हामीले प्रस्ताव गर्दा ३७५ प्रस्ताव गरेका छौँ ।’ औपचारिक रुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको कम्पनीले जनाएको छ । भारतीय कम्पनी कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ ।

 

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्ग सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो ।

 

सो रेलमा एक हजार २०० देखि एक हजार ३०० जनासम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिने कम्पनीले जनाएको छ ।

ठेक्का सम्झौता भएको २ वर्षपछि चक्रपथमा आकाशे पुल निर्माण शुरु हुँदै Read Previous

ठेक्का सम्झौता भएको २ वर्षपछि चक्रपथमा आकाशे पुल निर्माण शुरु हुँदै

सेयर बजार कमब्याक, यी कम्पनीका लगानीकर्ता भए मालामाल Read Next

सेयर बजार कमब्याक, यी कम्पनीका लगानीकर्ता भए मालामाल