डिप्रोक्स लघुवित्तको नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले खुद नाफामा उल्लेख्य सुधार गरेको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा खुदा नाफा ३१.२२ प्रतिशतले वृद्धि गरेको छ ।

 

लघुवित्तले चालू आवको पुस मसान्तसम्म ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा ७ करोड ७१ लाख रुपैयाँ बढी हो। लघुवित्तले गत वर्षको दोस्रो त्रैमाससम्म २४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानीमा सुधार आएसँगै खुद नाफामा वृद्धि भएको हो । लघुवित्तले सो अवधिमा ६६ करोड १४ लाख खुद ब्याज आम्दानी गरेको छ ।

 

१ अर्ब ५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब २० करोड रुपैयाँ सञ्चित छ।

 

समीक्षा अवधिसम्ममा लघुवित्तले ५ अर्ब ७८ करोड रुपैयाँ निक्षेप र ६ अर्ब ८२ करोड रुपैयाँ सापटी लिई १३ अर्ब ८४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

 

लघुवित्तको प्रतिसेयर आम्दानी १५.३३ रुपैयाँ बढेर ६४.४५ रुपैयाँ पुगेको छ । उस्तै, लघुवित्तको प्रतिसेयर नेटवर्थ २१९.६६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.९८ गुणा र खराब कर्जा ०.६२ प्रतिशत रहेको छ ।

फागुन ७ देखि रुरु जलविद्युतको आइपीओ आउँदै, ४ लाख कित्तासम्म भर्न पाइने Read Previous

फागुन ७ देखि रुरु जलविद्युतको आइपीओ आउँदै, ४ लाख कित्तासम्म भर्न पाइने

कामै गर्न नसक्ने भएपछि पूँजीगत बजेट ७० अर्ब घटाइयो, चालू खर्च घटाउन भने कन्जुस्याइँ Read Next

कामै गर्न नसक्ने भएपछि पूँजीगत बजेट ७० अर्ब घटाइयो, चालू खर्च घटाउन भने कन्जुस्याइँ