सानिमा बैंकको नयाँ शाखा काठमाडौंको टोखामा

काठमाडौं । सानिमा बैंकले काठमाडौंको टोखा‐६ (ग्रान्डि हस्पिटल नजिकै) मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएके छ ।

 

बैंकको उक्त शाखाको समुद्घाटन् मंगलबार ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरे ।

 

समुद्घाटन् समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यरे ।

 

त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले बंैकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

 

बैंकले हाल देशभरका ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

आक्रमक रुपमा बजार विस्तार गर्दै बुद्ध एयर, अब दैनिक १०० उडान गर्ने Read Previous

आक्रमक रुपमा बजार विस्तार गर्दै बुद्ध एयर, अब दैनिक १०० उडान गर्ने

फागुन ७ देखि रुरु जलविद्युतको आइपीओ आउँदै, ४ लाख कित्तासम्म भर्न पाइने Read Next

फागुन ७ देखि रुरु जलविद्युतको आइपीओ आउँदै, ४ लाख कित्तासम्म भर्न पाइने