काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ)मा मागभन्दा साढे ७ गुणा बढी आवेदन परेको छ ।
विक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार मंगलबार साँझ ५ बजेसम्म कम्पनीको आइपीओमा १३ लाख ३७ हजार ९४२ जनाले आवेदन दिएका छन् । यद्यपि, अन्तिम तथ्यांक आइनसकेकाले आवेदकको संख्या अझै बढ्न सक्ने क्यापिटलले जनाएको छ ।
उनीहरुले कुल २ अर्ब ३९ करोड ७६ लाख ६० हजार रुपैयाँ बराबरको २ करोड ३९ लाख ७६ हजार ६०० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले माघ २३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्काशन गरेको छ ।
सोमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधरणका लागि छुट्याइएको थियो ।