ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्नु उपयुक्त ?

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

 

कम्पनीले माघ २३ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिने आज अन्तिम दिन हो ।

 

सोमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले पहिलो चरणमा २०७५ फागुनमा आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीयका लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गरेको थियो ।

 

सोमध्ये १ लाख ३ हजार ६०० कित्ता मात्र विक्री भएको थियो । बाँकी रहेको १६ लाख ९६ हजार ४०० कित्तासहित ३४ लाख ९६ हजार ४०० आइपीओ निष्काशन गरेको हो ।सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

 

कति कित्ता भर्नु उपयुक्त

 

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई ३२ करोड ५१ लाख ६५२ कित्ता छुट्याएको छ । सोमबारसम्म करिब ११ लाखले आवेदन दिइसकेका छन् ।

 

यस आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

पार्किङस्थल बन्दै सडक, सरोकारवाला निकायहरु एकअर्कालाई देखाएर पन्छिँदै Read Previous

पार्किङस्थल बन्दै सडक, सरोकारवाला निकायहरु एकअर्कालाई देखाएर पन्छिँदै

उधारोमा बन्दै अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, निर्माण सामग्री किनेको सवा ९ करोड तिर्न बाँकी Read Next

उधारोमा बन्दै अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, निर्माण सामग्री किनेको सवा ९ करोड तिर्न बाँकी