विदेश जाने ७७ प्रतिशतले घटे पनि रेमिट्यान्स ११ प्रतिशतले बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा झण्डै ५ खर्ब बराबरको विप्रेषण भित्रिएको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा कुल ४ खर्ब ९५ अर्ब ३१ करोड बराबरको विप्रेषण मुलुकभित्र भित्रिएको छ ।

 

राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको आर्थिक विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले वृद्धि भएको हो ।

 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई चार अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.९ प्रतिशतले बढेको थियो ।

 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ७७.६ प्रतिशतले घटेको छ ।

 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १७.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६८.९ प्रतिशतले घटेको छ ।

सुर्खेतमा श्री एयरलायन्सको परीक्षण उडान शुरु Read Previous

सुर्खेतमा श्री एयरलायन्सको परीक्षण उडान शुरु

पार्किङस्थल बन्दै सडक, सरोकारवाला निकायहरु एकअर्कालाई देखाएर पन्छिँदै Read Next

पार्किङस्थल बन्दै सडक, सरोकारवाला निकायहरु एकअर्कालाई देखाएर पन्छिँदै