अब लिखित परीक्षा पास गर्नेले १८ महिनासम्म ट्रायल दिन पाउने

काठमाडौं । अब ड्राइभिङ लाइसेन्सका लागि लिखित परीक्षा पास गर्नेले १८ महिनासम्म प्रयोगात्मक परीक्षा (ट्रायल) दिन पाउने भएका छन् ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले यस अघिको व्यवस्थालाई परिवर्तन गर्दै रि–ट्रायल परीक्षामा सहभागी हुन पाउने समयवधि १५ महिना थप गरेको हो ।

 

विभागले एक सूचना जारी गर्दै यसअघि लिखित परीक्ष पास भएको ९० महिनासम्म रिट्रायल दिन पाइने व्यवस्थालाई परिवर्तन गर्दै १८ महिना पुर्याइएको जानकारी गराएको हो ।

 

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरेर समय बढाएको सूचनामा जनाइएको छ ।

 

कोरोना भाइरसको महामारीका कारण गत वर्षको चैतदेखि भएको लकडाउनका कारण लिखित परीक्षा पास भई ट्रायल दिनबाट वञ्चित भएका सेवाग्राहीलाई लक्षित गरी विभागले यस्तो व्यवस्था मन्त्रालयको दाबी छ ।

३ दिनमा कतिले भरे ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ ? Read Previous

३ दिनमा कतिले भरे ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ ?

मुआब्जा विवाद र ठेक्का म्याद गुज्रिँदा 'वाग्मती ब्यूटिफिकेसन'को काम अलपत्र Read Next

मुआब्जा विवाद र ठेक्का म्याद गुज्रिँदा 'वाग्मती ब्यूटिफिकेसन'को काम अलपत्र