काठमाडौं । देशकै सबैभन्दा ठूलो छड उत्पादक कम्पनी अम्बे स्टील्सले कन्ट्रयाक्टर सम्मेलन २०७७ सम्पन्न गरेको छ । कम्पनीले शुक्रबार भक्तपुर ब्यान्क्वेट, सल्लाघारीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा कम्पनीका तर्फबाट कन्ट्रयाक्टरहरुलाई नेपालमा टीएमटी छडको प्रयोग गर्दा अनिवार्य पालना गर्नुपर्ने सावधानीहरु बारेमा जानकारी प्रदान गरिनुका साथै टीएमटी छड बेण्डिङ्ग गर्ने तरीकाको बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।
कम्पनीका प्रतिनिधिले उच्च गुणस्तरको कच्चा पदार्थ नै राम्रो टीएमटी छड उत्पादनको प्रमुख स्रोत भएको, जसमा कच्चा पदार्थमा हुनपर्ने अत्यावश्यक तत्वहरुलाई उचित तवरले मिश्रण गरी त्यसमा आउने खराब तत्वहरु सल्फर फोस्फोरसलाई न्युनिकरण गरेर बनाइएको कच्चा पदार्थलाई अत्याधुनिक प्रविधिको प्रयोगबाट बनाइएको टीएमटी छड नै निर्माण कार्यको लागि उपयुक्त मानिन्छ भन्ने कुराको जानकारी दिएका थिए ।
अम्बे स्टील्स्ले आफ्नो भैरहवा र नेपालगञ्ज मा अवस्थित दुईवटा फ्याक्ट्रीबाट नेपालकै सबैभन्दा बढी दैनिक १४०० टन छड उत्पादन गरी नेपाली बजारमा पुर्याउँदै आएको छ ।
यस कम्पनीबाट उत्पादित टीएमटी छड अन्तर्राष्ट्रिय गुणस्तरको ‘हाइ डक्टिलिटी भएको हुनाले नेपाली बजारमा सबैभन्दा बढि रुचाइएको छड हो । हाल यसले Fe500D छड पनि उत्पादन गरी उपभोक्ता माझ पुर्याउँदै आएको छ ।