चन्द्रागिरी हिल्सको सेयर किन्नेको ओइरो, १४ लाख कित्ता माग हुँदा बेच्ने शून्य

काठमाडौं । चन्द्रागिरी हिल्सको दोस्रो बजारमा सेयर कारोबार शुरु भएसँगै सेयर किन्नेको ओइरो लागेको छ ।

 

शुक्रबार नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर आजदेखि कारोबारमा आएको हो । १६१ रुपैयाँ कारोबार खुलेको कम्पनीको १२ बजेसम्म सोही मूल्यमा जम्मा २० कित्ता सेयर कारोबार भएको छ ।

 

मूल्य खासै नबढे पनि कम्पनीको सेयर किन्न चाहनेको भीड लागेको छ । १२ बजेसम्म कम्पनीको करिब १४ लाख कित्ता भन्दा बढी सेयर खरिदका लागि माग भएको छ भने विक्रीमा १ कित्ता पनि सेयर छैन ।

 

कारोबार खुलेका शुरुवाती दिनमै सेयर हात पार्न सके केही हप्तामा मनग्ये नाफा कमाउन सकिने भएकाले लगानीकर्ता यसरी झुम्मिएका हुन् । यद्यपि, विक्री कर्ता नभएकाले अर्डर राखे पनि सेयर पाउने सम्भावना भने अत्यन्तै कम छ ।

 

कम्पनीले पुस २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको थियो ।

 

कम्पनीको आइपीओमा कुल १२ लाख ११ हजार ११५ जनाले आवेदन दिएका थिए । सोमध्ये भाग्यमानी १ लाख ३९ हजार ६०२ जनाले गोलप्रथाबाट १० कित्ताका दरले सेयर पाएका थिए भने १० लाख ७१ हजार ५१३ आवेदकको हात रित्तो भएको छ ।

अम्बे स्टील्सद्वारा 'कन्ट्रयाक्टर सम्मेलन २०७७' सम्पन्न Read Previous

अम्बे स्टील्सद्वारा 'कन्ट्रयाक्टर सम्मेलन २०७७' सम्पन्न

एकैसाथ तीन आकाशे पुल निर्माण गर्दै विराटनगर महानगर Read Next

एकैसाथ तीन आकाशे पुल निर्माण गर्दै विराटनगर महानगर