भृकुटीमण्डपमा जुत्ताचप्पल व्यापार मेला शुरू, १ दर्जन बढी स्वदेशी ब्रान्ड सहभागी

काठमाडौं । काठमाडौंको प्रर्दशनीमार्ग, भृकुटीमण्डपमा आजदेखि जुत्ता, चप्पल व्यापार मेला तथा प्रदर्शनी २०७७ शुरू भएको छ ।

 

स्वदेशी वस्तुको प्रर्वद्धन हाम्रो अभियान भन्ने मूलनाराका मेलाको सञ्चालन गरिएको हो । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले कोभिड पछि गरेको यो पहिलो बृहत मेला हो । प्रदर्शनीको समुद्घाटन नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले गरे ।

 

कार्यक्रममा बोल्दै श्रेष्ठले कोभिडका कारण आयात निर्यात बन्द भएको अवस्थामा पनि स्वदेशी उत्पादनले माग धानेको र आगामी दिनमा स्वदेशमा मात्रै नभएर आकर्षक तथा नयाँ डिजाइनका जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरूको उत्पादन गरी विदेशमा अझै निर्यात गर्न सके अर्थतन्त्रमा सहयोग पुग्ने बताए ।

 

उनले विगतको मेला भन्दा अहिलेको मेलामा देशकै उत्कृष्ट ब्राण्डहरूको सहभागीता रहेकोमा खुशी व्यक्त गर्दै ग्राहकहरूलाई स्वदेशी उत्पादनहरूको प्रयोग गरी देशलाई आत्मनिर्भर हुन सहयोग पुर्याउन आग्रह गरे ।

 

मेलामा स्वदेशी सम्पूर्ण ब्राण्डहरू फिटराइट, ल्याण्डवाक, फ्रस्टवाक/आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजी लगायतका सहभागी छन ।

 

एक्स्पोमो उपभोक्ताहरूले स्वःस्फुर्त रुपमा प्रदर्शनीमा राखिएका वस्तुहरू अवलोकन गरी सुपथ मूल्यमा जुत्ताचप्पल खरीद गर्न सक्नेछन् । मेला आगामी फागुन १० गतेसम्म रहनेछ ।

लघुवित्तमा उछाल आउँदा नेप्सेले फेरि बनायो नयाँ रेकर्ड, यी १५ कम्पनीका लगानीकर्ता मालामाल Read Previous

लघुवित्तमा उछाल आउँदा नेप्सेले फेरि बनायो नयाँ रेकर्ड, यी १५ कम्पनीका लगानीकर्ता मालामाल

दाना-खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार, माउन्टेन इनर्जी र घलेम्दीको बिजुली जोडिने Read Next

दाना-खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार, माउन्टेन इनर्जी र घलेम्दीको बिजुली जोडिने