लघुवित्तमा उछाल आउँदा नेप्सेले फेरि बनायो नयाँ रेकर्ड, यी १५ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । माइक्रोफाइनान्स समूहमा उछाल आउँदा सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार सामान्य अंकको करेक्शन आएका बजारमा आज ८ अंकले बढ्दै फेरि नयाँ रेकर्ड बनाएको हो ।

 

मंगलबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

 

नेप्सेले २४७७ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २४७५ विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि मंगलबार (माघ २० गते)नेप्सेले इतिहासकै उच्च २४७३.७४ विन्दु पार गरेको थियो ।

 

यस्तै, नेप्से इतिहासकै उच्च विन्दुमा पुगेको दिन बजार पूँजीकरणमा पनि नयाँ रेकर्ड बनाएको छ । लगानीकर्ताले सम्पत्ति एकैदिन करिब १४ अर्बले बढेर ३३ खर्ब ३४ रुपैयाँ पुगेको छ ।  यो सेयर बजार इतिहासमै हालसम्मकै धेरै हो ।

 

आज सेयर बजार मापक सूचक नेप्से ८.३४ अंकले बढेर २४७५.२७ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०१ कम्पनीको ७ अर्ब ६१ करोड ५० लाख ९७ हजार ४०९ रुपैयाँ बराबरको १ करोड ८७ लाख १९ हजार ४८९ कित्ता सेयर किनबेच भएका छन् ।

 

मंगलबार कारोबारमा आएका १२ वटा समूहमध्ये ६ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ वटै समूहको परिसूचक राताम्मे भएका छन् । माइक्रोफाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै १४६.३१ अंकले बढेको छ भने जीवन बीमा समूह ६९.२६ अंकले घटेको छ ।

 

कारोबारमा आएका २०१ कम्पनीमध्ये १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको मूल्यमा गिरावट आएको छ । १९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । यसको सबैभन्दा धेरै २७ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा डेप्रोक्स लघुवित्तको २४ करोड र ग्लोबल आइएमई बैंक २० करोड सहित शीर्ष तीनमा रहे ।

 

आज लगानीकर्ता माइक्रोफाइनान्स कम्पनीहरुमा झुम्मिएका छन् । अन्य क्षेत्रका कम्पनीको तुलनामा यस क्षेत्रका कम्पनीले गत वर्षको नाफाबाट आकर्षक लाभांश घोषण गरेकाले लगानीकर्ता आकर्षित भएका हुन् ।

 

साथै चालू आवको दोस्रो त्रैमसमा आकर्षक् वित्तीय विवरण सार्वजनिक गरिरहेकाले पनि लगानीकर्ता माइक्रोफाइनान्सको सेयरमा झुम्मिएका हुन् ।

 

बढेको बजारमा आज १५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्नेमध्ये झन्डै १ दर्जन माइक्रोफाइनान्स कम्पनी रहेका छन् ।

 

सूयोदय, समिट, जनउत्थान, महुली सामुदायिक, नेशनल, उन्नति सहकार्य, किसान, सपोर्ट, ग्रामीण विकास र स्वाभिमान लघुवित्तका सेयरधनीले १० प्रतिशत नाफा कमाएक छन् ।

 

यसैगरी, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, राधि हाइड्रो, माउन्टेन हाइड्रो, पाँथथर पावर र वरुण हाइड्रोपावरको सेयर मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ । बढ्दो बजारमा आज प्रभु लाइफ इन्स्योरेन्सका सेयरधनीले सबैभन्दा धेरै ३.४६ प्रतिशत गुमाएका छन् ।

अग्रगामी राजनीतिक एजेन्डा बिनाको आमहड्ताल, जनतालाई सास्ती मात्र Read Previous

अग्रगामी राजनीतिक एजेन्डा बिनाको आमहड्ताल, जनतालाई सास्ती मात्र

भृकुटीमण्डपमा जुत्ताचप्पल व्यापार मेला शुरू, १ दर्जन बढी स्वदेशी ब्रान्ड सहभागी Read Next

भृकुटीमण्डपमा जुत्ताचप्पल व्यापार मेला शुरू, १ दर्जन बढी स्वदेशी ब्रान्ड सहभागी