चीनले नेपाललाई ३ लाख डोज कोरोनाको खोप दिने

काठमाडौं । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको ३ लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

 

अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।

 

विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित सो खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ ।

 

यसअघि भारत सरकारले १० लाख डोज खोप उपलब्ध गराएको थियो । अहिले त्यही खोप लगाउने काम भइरहेको छ । आइतबारसम्म करिब ९० हजारले कोरोनाको खोप लगाइसकेका छन् ।

नागरिक लगानी कोषको हकप्रद भर्ने आज अन्तिम दिन, कहिलेसम्म सेयर किन्नेले भर्न पाउँछन ? Read Previous

नागरिक लगानी कोषको हकप्रद भर्ने आज अन्तिम दिन, कहिलेसम्म सेयर किन्नेले भर्न पाउँछन ?

सौराहाका होटलमा ४० प्रतिशतसम्म छुट, ‘घुमौं सौराहा' अभियानले तान्दै पर्यटक Read Next

सौराहाका होटलमा ४० प्रतिशतसम्म छुट, ‘घुमौं सौराहा' अभियानले तान्दै पर्यटक