काठमाडौं । नागरिक लगानी कोषको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कोषले चुक्ता पूँजी वृद्धि गर्न पुस २८ गतेदेखि विक्रीमा ल्याएको १००ः८२ अनुपात हकप्रदमा आवेदन दिने आज (माघ १९ गते) अन्तिम दिन हो ।
लगानी कोषले प्रतिसेयर १०० रुपैयाँ दरले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर विक्रीमा ल्याएको थियो ।
हकप्रद प्रयोजनका लागि कोषले पुस १४ गते बुकक्लोज मिति तोकेको थियो । त्यस अनुसार पुस १३ गतेसम्म कायम रहने सेयरधनीले कोषको हकप्रदमा आवेदन दिन पाउने छन् ।
योग्य लगानीकर्ताले विक्री प्रबन्धक आरबीबी मर्चेण्ट बैंकिङ्ग, राष्ट्रिय वाणिज्य बैंकका तोकीएका शाखा कार्यालयहरू, नागरिक लगानी कोषको कार्यालय, सीआस्वा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरमार्फत हकप्रदमा आवेदन दिन सक्नेछन् ।
हाल १ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कोषको हकप्रद विक्री पछि चुक्ता पूँजी ३ अर्ब पुग्नेछ ।