माघ २८ देखि महिला लघुवित्तको आइपीओ आउँदै, १ हजार कित्तासम्म भर्न पाइने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले माघ २८ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

 

निष्काशन हुने कुल ४ लाख कित्तामध्ये ०.५ प्रतिशत (५ हजार कित्ता) कर्मचारीका लागि र ५ प्रतिशत (२० हजार कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७५ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

 

लघुवित्तको आइपीओमा लगानीकर्ताले फागुन २ गतेसम्म आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

 

लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङ रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

 

लघुवित्तको जारी पूँजी १० करोड रुपैयाँ रहेको छ । हाल ६ करोड चुक्ता पूँजी रहेको लघुवित्तको ४ करोडको आइपीओ जारीपछि चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्ने छ । कम्पनीमा प्रमोटरसेयर होल्डरको हिस्सा ६० प्रतिशत र सर्वसाधरणको ४० प्रतिशत रहनेछ ।

 

लघुवित्तले चालू आवको दोस्रो त्रैमासमा ५ करोड ४३ लाख खुद मुनाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १५९.४६ प्रतिशत बढी हो ।

 

लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ५१.२३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ छ ।

 

सेयर बजारमा ‘कर्नरिङ’ हुने विशाल बजार र राष्ट्रिय बीमा कम्पनीको कारोबार रोक्का, यस्तो छ कारण Read Previous

सेयर बजारमा ‘कर्नरिङ’ हुने विशाल बजार र राष्ट्रिय बीमा कम्पनीको कारोबार रोक्का, यस्तो छ कारण

तामझामले भित्रिएको रेलको कथा : ५ महिनादेखि त्रिपाल मुनि, कहिलेदेखि संचालन हुने अझै टुंगो छैन Read Next

तामझामले भित्रिएको रेलको कथा : ५ महिनादेखि त्रिपाल मुनि, कहिलेदेखि संचालन हुने अझै टुंगो छैन