काठमाडौंमा बर्ड फ्लु भेटिएपछि भारतबाट यी वस्तु ल्याउन लगाइयो पूर्ण प्रतिबन्ध

काठमाडौं । भारतमा बर्ड फ्लु रोग देखापरेसँगै नेपालमा पनि सो रोगको जोखिम बढेको छ । सो रोग नेपालमा भित्रन सक्ने जोखिम बढेसँगै रोग रोकथाम तथा नियन्त्रणमा सम्बन्ध निकायहरुलाई सतर्कता अपनाउँदै भारतबाट आयात हुने केही सामग्रीमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुखुरा तथा पन्छी जन्य वस्तुका मासु, जिउँदो पन्छी, दाना, प्वाँख जन्य वस्तु रहेका सामग्री तथा अण्डा लगाएतका वस्तु आयातमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

 

कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले पन्छि जन्य वस्तुबाट सर्न सक्ने सबै वस्तुहरुमा पूर्ण रोक लगाइएको बताए ।

 

उनले अर्को सूचना नआउन्जेललाई यो निर्यण जारी गरिएको बताए । ‘अर्को आदेश नआउँदासम्मलाई पन्छी जनय, कुखुरा हाँस कुनै वस्तुसँग संक्रमण हुन सक्ने सामाग्री आयात गर्न पाइने छैन,’ घिमिरेले चाणक्य पोष्टसँग भने ।

 

भारतबाट रोग सार्न सक्ने वस्नुहरुको आयातमा पूर्ण रोक लगाइएको हो । देशभित्र रोगको सघन निगरानी कार्य सञ्चालन गरिएको अवस्थामा बाग्मती प्रदेश, काठमाडौं, तारकेश्वर नगरपालिका, फुटुङका स्थानीय कृषकहरले पालेका टर्की र हाँसका नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएको छ । पीसीआर विधिबाट परीक्षण गर्दा माघ १६ गते बर्ड फ्लु पुष्टि भएको कृषि मन्त्रालयले जनाएको छ ।

 

यस क्रममा १ हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको छ ।

 

पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण थगरी भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था गरिएको छ ।

 

फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्वन गर्नुपर्ने, सम्पूर्ण पन्छीपालक कृषकहरुले फार्म परिसरमा नियमित रुपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसरफाइमा विशेष ध्यान दिनुपर्ने छ ।

 

कुनै पनि पन्छि फार्म वा अन्य पन्छीपालन वा विक्रीस्थलमा अस्वभाविक रुपमा पन्छि बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशुसेवा निकायमा सूचना गरिनु पर्ने व्यवस्था गरिएको छ ।

यूएईले विदेशीलाई नागरिकता दिँदै, कस्ता व्यक्तिले पाउँछन् ? Read Previous

यूएईले विदेशीलाई नागरिकता दिँदै, कस्ता व्यक्तिले पाउँछन् ?

उखु अभावले सिजनमै चिनी उद्योग सुनसान, मिललाई उखु दिनुको सट्टा आफैं सख्खर पेल्दै किसान Read Next

उखु अभावले सिजनमै चिनी उद्योग सुनसान, मिललाई उखु दिनुको सट्टा आफैं सख्खर पेल्दै किसान