लक्ष्मी बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, लाभांश क्षमता कति ?

काठमाडौं । साउन लागेसँगै बैंक तथा वित्तीय संस्थाहरुले धमाधम गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । यसैक्रममा लक्ष्मी बैंकले पनि आर्थिक वर्ष २०७५/०७६को चौथो त्रैमासिक वित्तीय विवरण सार्वाजनिक गरेको छ ।

 

बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौंथो त्रैमासिक वित्तीय विवरणमा खुद मुनाफामा ३३.४४%ले बढाउन सफल भएको छ । बैंकले गत वर्ष १ अर्ब ५७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

 

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३९ करोड रुपैयाँले बढी हो । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब १८ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो ।

 

सार्वजनिक विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । जसबाट बैंकले शेयरधनीलाई १२ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ।

 

बैंकले सञ्चालन नाफा, ब्याज आम्दानी, निक्षेप संकलन, कर्जा लगानी, जिर्भ कोष, प्रतिसेयर आम्दानी जस्ता महत्वपूर्ण सूचकहरुमा मध्यम खालको प्रगति गरेको छ ।

 

गत वर्षमा बैंकले ७९ अर्ब ७४ करोड रुपैंया निक्षेप संकलन गरेर ७५ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानीबाट ३ अर्ब ४ करोड खुद ब्याज आम्दानी गर्न सफल भएको छ। अघिल्लो वर्षको तुलनामा बैंकको निक्षेप २१.६३, कर्जा २५.७३ र खुद ब्याज आम्दानी ३० प्रतिशतले वृद्धि भएको हो ।

 

बैंकको जगेडा कोषमा २ अर्ब १६ करोड स्थिर रहेको छ भने शेयरधनी कोष ७६ करोडबाट बढेर १ अर्ब ५५ करोडमा पुगेको छ ।

 

बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३.३० रुपैयाँले बढेर १७.६७ रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ १४१.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.७९ गुणा रहेको छ ।

१५ दिनमै ५० हजारले लिए प्यान कार्ड, विदेशी नागरिकले यस्ता डकुमेन्ट पेश गर्नु पर्ने Read Previous

१५ दिनमै ५० हजारले लिए प्यान कार्ड, विदेशी नागरिकले यस्ता डकुमेन्ट पेश गर्नु पर्ने

अब बेलुका ७ बजेदेखि ९ बजेसम्म मात्र मदिरा सेवन गर्न पाइने Read Next

अब बेलुका ७ बजेदेखि ९ बजेसम्म मात्र मदिरा सेवन गर्न पाइने