बुद्धको भ्यालेन्टाइन अफर : माउन्टेन फ्लाइटमा एउटा टिकट किन्दा अर्को सित्तैमा, साथै चकलेट उपहार

काठमाडौं। निजी क्षेत्रको अग्रणी वासुसेवा प्रदायक बुद्ध एयरले भ्यलेन्टाइन डे (प्रणय दिवस)लाई लक्षित योजना सार्वजनिक गरेको छ।

 

बुद्धले आगामी फेब्रुअरी १४ तारिखका दिन माउन्टेन फ्लाइट गर्ने जोडीलाई उपहार स्वरुप चकलेट र फूलको गुच्छा दिने योजना सार्वजनिक गरेको हो।

 

‘वर्षै पिच्छे यो दिवस विशेषगरी शहरीया युवा माझ ज्यादै लोकप्रिय हुँदै आएको छ। यो दिनलाई अझै रमाइलो बनाउन पर्वतीय उडानमा यो योजना ल्याइएको हो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

कम्पनीले अहिले माउन्टेल फ्लाइटका लागि  ९ हजार ९९९ रुपैयाँमा एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा दिँदै आएको छ ।

 

कम्पनीले हाल हरेक शनिबार माउन्टेन फ्लाइट गर्दै आएको छ । ‘भ्यालेन्टाइन डे’ को दिन आइतबार परे पनि माउन्टेन फ्लाइट गर्ने कम्पनीले जानकारी गराएको छ ।

 

 

हेलिकोप्टर सेवाले खप्तड घुम्न जाने बढ्दै, यस्ता छन् ८ हजारदेखि ३० हजारसम्मका प्याकेज Read Previous

हेलिकोप्टर सेवाले खप्तड घुम्न जाने बढ्दै, यस्ता छन् ८ हजारदेखि ३० हजारसम्मका प्याकेज

उपत्यकाका अलपत्र ९ सडक : कतै स्थानीयको अवरोध कतै ठेकेदारको बेइमानी, यस्तो छ पछिल्लो अवस्था Read Next

उपत्यकाका अलपत्र ९ सडक : कतै स्थानीयको अवरोध कतै ठेकेदारको बेइमानी, यस्तो छ पछिल्लो अवस्था