कृषि आधुनिकीकरण परियोजना धनुषाद्धारा ३ दिने कृषि अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धनुषाद्धारा ३ दिने कृषि अभिकर्ता तालिम सम्पन्न गरेको छ ।

 

अभिकर्ता कृषि विषय अध्ययन गरेका, जेटीए तालिम गरेका वा भेटनरी पढेका मानिसहरुलाइ यो अभिकर्ता तालिम दिएको आयोजकले बताएको छ । तालिममा धनुषाका सबै स्थानीय तहबाट कम्तीमा १ जना नघट्ने गरी सहभागी भएका थिए ।

 

यो तालिम लिनका लागि कम्तीमा एसएलसी उत्तिर्ण भएको र कृषि सम्बन्धी १ दिन वा सोभन्दा बढी तालिम लिइसकेको हुनुपर्ने बताइएको छ ।

 

यो तालिमले ज्ञानको कमीले कृषिमा हुने क्षती न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास परियोजनाले लिएको धनुषा कार्यालयका प्रमुख युगल किशोर तिवारीले बताए ।

 

कार्यक्रमका प्रमुख अथिति धनुषा जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव यादव थिए । २ नम्बर प्रदेश कृषि प्रदेशको रुपमा चिनिएको हुँदा यहाँ कृषि क्षती न्यूनीकरण गर्न सके समग्र मुलुकको आर्थिक विकासमा नै टेवा पुग्न सक्छ,’ यादवले भने ।उनले धनुषा जिल्लामा मात्र नभएर समग्र २ नम्बर प्रदेशमा नै यस्तो तालिमको आवश्यकता रहेको बताए ।

पुनर्बीमालाई उछिन्दै नबिल बैंक बन्यो तेस्रो ठूलो कम्पनी, यी हुन् सेयर बजारका १० ठूला कम्पनी Read Previous

पुनर्बीमालाई उछिन्दै नबिल बैंक बन्यो तेस्रो ठूलो कम्पनी, यी हुन् सेयर बजारका १० ठूला कम्पनी

कृषि बैंकद्वारा किसान क्रेडिट कार्ड वितरण शुरू, मन्त्रालय भने बल्ल कृषक सूचीकरणमा जुट्दै Read Next

कृषि बैंकद्वारा किसान क्रेडिट कार्ड वितरण शुरू, मन्त्रालय भने बल्ल कृषक सूचीकरणमा जुट्दै