इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट, कति कित्ता भर्ने कति पाए ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलमा आज बैंकको आइपीओ बाँडफाँट गरिएको हो ।

 

क्यापिटलका अनुसार ५० कित्तासम्म आवेदन दिनेले मागे जति सेयर पाएका छन् भने भाग्यमानी ४ लाख ९२ हजार ७७ जनाले गोलप्रथाबाट ६० कित्ता सेयर पाएका छन् ।

 

कम्पनीको आइपीओमा कुल परेको कुल १४ लाख ८१ हजार २८४ जनाले आवेदन दिएका थिए । सोमध्ये ६ हजार २७६ आवेदन रद्द भएका थिए भने सदर भएका १४ लाख ७५ हजार ८ जनाले सेयर हात पारेका छन् ।

 

क्यापिटलका अनुसार ३४ हजार ३० जनाले १० कित्ता, २९ हजार ८५४ जनाले २० कित्ता, २० हजार २४८ जनाले ३० कित्ता, १६ हजार ९३४ जनाले ४० कित्ता, ८ लाख ८१ हजार ८७० जनाले ५० कित्ता र ४ लाख ९२ हजार ७२ जनाले
६० कित्ता पाएका छन् ।

 

कम्पनीले माघ २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको थियो ।

 

निष्काशित कुल ८ करोड कित्तामध्ये बैंकले कर्मचारीका लागि १ लाख ६० हजार कित्ता (०.२० प्रतिशत) र सामूहिक लगानी कोषका लागि ४० लाख कित्ता (५ प्रतिशत) छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

 

हाल १२ अर्ब चुक्ता पूँजी रहेको बैंकको आइपीओ पछि चुक्ता पूँजी २० अर्ब पुगेको छ ।

१२ बैंक अर्बपति क्लबमा, ६ महिनामा कुन बैंकले कति नाफा कमाए ? (सूचीसहित) Read Previous

१२ बैंक अर्बपति क्लबमा, ६ महिनामा कुन बैंकले कति नाफा कमाए ? (सूचीसहित)

अब बैंकहरुले काठमाडौं बाहिर पनि सुन बेच्ने Read Next

अब बैंकहरुले काठमाडौं बाहिर पनि सुन बेच्ने