काठमाडौं । सानिमा बैंकको खुद मुनाफामा गिरावट आएको छ । बैंकले बुधबार सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ७.३८ प्रतिशतले घटेको छ ।
बैंकले चालू आवको पुस मसान्तसम्ममा १ अर्ब ६ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा ८९ करोड २६ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म बैंकको जगेडा कोषमा ३ अर्ब ६८ लाख रुपैयाँ र सेयरधनी कोषमा ८९ करोड २६ लाख रुपैयाँ सञ्चित छ।
पुस मसान्तसम्म बैंकले १ खर्ब १० अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
खुद नाफ घटेसँगै बैंकको प्रतिसेयर आम्दानी २६.७० रुपैयाँबाट घटेर २१.९६ रुपैयाँमा आएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४०.२८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६.७६ गुणा, खराब कर्जा ०.५८ प्रतिशत, आधार दर ६.८३ प्रतिशत र स्प्रेडदर ४.२१ प्रतिशत छ ।