बुद्धभूमि नेपालको १२ करोडको आइपीओ आउँदै, बोर्डमा दियो आवेदन

काठमाडौं । पछिल्लो समय सेयर बजारमा प्राथमिक साधरण सेयर (आइपीओ) जारी हुने क्रम ह्वात्तै बढेको छ ।

 

चालू आवमा मात्रै करिब १ दर्जन कम्पनीले आइपीओ जारी गरिसकेका छन् भने डेढ दर्जन बढी कम्पनीले आइपीओ निष्काशन गर्न अनुमति माग्दै आवेदन दिएका छन् ।

 

यसैबीच, बुद्धभूमि नेपाल हाइड्रोपावरले १२ करोड बराबरको आइपीओ निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न माघ ८ गते बोर्डमा आवेदन दिएको हो ।

 

कम्पनीले आयोजना प्रभावित क्षेका नुवाकोटका स्थानीका लागि ४ लाख कित्ता र सर्वसाधारण लागि ८ लाख कित्ता गरी कुल १२ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।कम्पनीको आइपीओ निष्काशन गर्न यस अघि नै सिभिल क्यापिटलाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।

 

कम्पनीको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘ इक्रा एनपी आइपीओ ग्रेड ४’ प्रदान गरेको छ।यसले कम्पनीको वित्तीय जोखिमवहन क्षमता औसतभन्दा कम रहेको जनाउँदछ ।

 

हाल २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्नेछ।कम्पनीले नुवाकोटको तादी खोलामा ५ मेगावाटको ओयोजना निमार्ण गर्दैछ।

आइएमई पे र इन्द्रपुर खानेपानी बीच सम्झौता Read Previous

आइएमई पे र इन्द्रपुर खानेपानी बीच सम्झौता

प्रभु बैंकको नाफामा छलाङ, यस्ता छन् मुख्य वित्तीय सूचक Read Next

प्रभु बैंकको नाफामा छलाङ, यस्ता छन् मुख्य वित्तीय सूचक