आइएमई पे र इन्द्रपुर खानेपानी बीच सम्झौता

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र विराटचोक मोरङ्गस्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिबीच सम्झौता भएको छ ।

 

सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमई पे वालेट मार्फत भुक्तान गर्न सक्नेछन् ।

 

सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट अधिकृत भवानी प्याकुरेल र इन्द्रपुर खानेपानीका संचालक सुजता चौलागाईंले हस्ताक्षर गरे । यस सम्झौताबाट ६ हजार घरधुरी लाभान्वित हुनेछन् ।

अब इञ्जिनीयर बन्न लाइसेन्स परीक्षा पास गर्नु पर्ने Read Previous

अब इञ्जिनीयर बन्न लाइसेन्स परीक्षा पास गर्नु पर्ने

बुद्धभूमि नेपालको १२ करोडको आइपीओ आउँदै, बोर्डमा दियो आवेदन Read Next

बुद्धभूमि नेपालको १२ करोडको आइपीओ आउँदै, बोर्डमा दियो आवेदन