काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक प्राथमिक साधरण सेयर यसै साता भित्र बाँडफाँट हुने भएको छ ।
विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार ढिलोमा शनिबारसम्म आइपीओ बाँडफाँट गर्ने गरी तयारी भइरहेको छ ।
आइपीओमा परेका आवेदन रुजु गरी प्रि अलोटमेन्ट गर्ने तयारी अन्तिम चरणमा पुगेको क्यापिटलले जनाएको छ । सम्भवतः बुधबार प्रि अलोटमेन्ट गरी शुक्रबारसम्म आइपीओ बाँडफाँट हुने जनाइएको छ ।
कम्पनीले माघ २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको थियो ।
निष्काशित कुल ८ करोड कित्तामध्ये बैंकले कर्मचारीका लागि १ लाख ६० हजार कित्ता (०.२० प्रतिशत) र सामूहिक लगानी कोषका लागि ४० लाख कित्ता (५ प्रतिशत) छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
उक्त आइपीओमा १५ लाख २९ हजार ४६० जनाले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका छन् ।
यद्यपि, अहिलेसम्म कति आवेदन सदर र कति आवेदन रद्द भए भन्ने अन्तिम तथ्यांक आइसकेको छैन ।