काठमाडौं । सानिमा बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ललितपुरको कुपण्डोलमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
उक्त शाखाको समुद्घाटन् ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले गरे ।
मह जोडीले नयाँ शाखा संचालनमा ल्याएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
बैंकले हाल देशभरका ८६ वटा शाखा, १५ विस्तारित काउन्टर र ८५ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।