कुमारी बैंकको नाफामा छलाङ, वितरण योग्य नाफा कति ?

काठमाडौं । कुमारी बैंकले कोरोनाका बाबजूद खुद मुनाफा आर्जनमा छलाङ मारेको छ ।

 

बैंकले सोमबार प्रकाशित गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब २१ करोड ६५ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।

 

यो गत आवको सोही अवधिको तुलनामा ५१.४९ प्रतिशत बढी हो । बैंकले गत आवको पुस मसान्तसम्ममा ८० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढेको हो ।

 

हाल १३ अर्ब ८७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ५० करोड रुपैयाँ, सेयर प्रिमियममा ८ करोड ८८ लाख र रिटेन्ड अर्निङ्गमा ६८ करोड ५१ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म बैंकको वितरण योग्य मुनाफा ६३ करोड ७५ लाख रहेको छ ।

 

पुससम्ममा बैंकले १ खर्ब २२ अर्ब ७२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब १४ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

 

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ७० पैसाले बढेर १७.५३ रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ १३०.८२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६.१९ गुणा, खराब कर्जा १.०६ प्रतिशत, बेस रेट ७.९२ प्रतिशत र स्प्रेड रेट ३.५८ प्रतिशत रहेको छ।

बजेटको अर्धवार्षिक समीक्षा : पूँजीगत खर्चको अवस्था दयनीय, लक्ष्यको २८% मात्र राजश्व असुली Read Previous

बजेटको अर्धवार्षिक समीक्षा : पूँजीगत खर्चको अवस्था दयनीय, लक्ष्यको २८% मात्र राजश्व असुली

देशभरका २३ साना विमानस्थल स्तरोन्नतिले गति लिँदै, यस्तो छ पछिल्लो अवस्था Read Next

देशभरका २३ साना विमानस्थल स्तरोन्नतिले गति लिँदै, यस्तो छ पछिल्लो अवस्था