भारतले दिएको १० लाख डोज कोरोनाको खोप काठमाडौं आइपुग्यो

काठमाडौं । भारत सरकारले अनुदानमा नेपाललाई दिएको कोरोना भाइरस विरुद्धको खोप काठमाडौं आइपुगेको छ ।

 

एअर इन्डियाको विमानमार्फत आज १० लाख डोज खोप नेपाल ल्याइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  आज बिहान उक्त खोप ल्याइपुर्याइएको हो ।

 

उक्त खोप टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिने र विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।

 

सरकारले उक्त खोप फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षा निकायका कर्मचारी लगायतलाई लगाउने तयारी गरेको छ ।

 

नेपाल ल्याइएको उक्त कोभिसिल्ड खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डयाको उत्पादन हो । भारतमा ३ हजार जनामा गरिएको अन्तिम चरणको परीक्षणमा यो खोप ९० प्रतिशत प्रभावकारी देखिएको थियो ।

विदेशबाट आयात बढेसँगै तरकारीको मूल्य सस्तियो Read Previous

विदेशबाट आयात बढेसँगै तरकारीको मूल्य सस्तियो

चौधरी ग्रुपले निर्माण गरेको मध्यमोदी जलविद्युतको काम ७५ प्रतिशत सम्पन्न Read Next

चौधरी ग्रुपले निर्माण गरेको मध्यमोदी जलविद्युतको काम ७५ प्रतिशत सम्पन्न