विश्व अर्थतन्त्रको परिवेश र नेपालका १० ठूला कम्पनीको कारोबार (तथ्यांकसहित)

काठमाडौं । नेपालको अर्थतन्त्र साँघुरो छ । यसको बहुआयामिक ढंगले विकास भइसकेको छैन । विश्वका ठूला र विकसित अर्थतन्त्रहरूमा अहिले ठूला संस्था वा कम्पनी बन्नका लागि ‘सोच’ (आइडिया) प्रमुख कच्चा पदार्थको रूपमा आएका छन् । नेपालमा भने अझै सोचका आधारमा ठूला संस्था निर्माण गर्न सक्ने अवस्थाको विकास भएको छैन । नेपालमा अझै ठूलो संस्था वा कम्पनी बन्नका लागि जमीन, पूँजी वा लाइसेन्स कै आवश्यकता पर्दछ ।

 

अहिले जुन जुन अर्थतन्त्र विश्वका ठूला अर्थतन्त्र बनेका छन्, ती अर्थतन्त्रहरूले औपनिवेशिक कालमा विश्वका गरिब र कमजोर देशहरूमा चरम आर्थिक शोषण गरेर पूँजी संकलन गरेको तथ्यहरू अब लुकेका छैनन् । त्यसैका आधारमा उनीहरूले आफ्नो देशमा आर्थिक विकास गरे ।

 

त्यसो भए अब नेपालले चाँही आर्थिक विकास कसरी गर्ने ? कहाँ गएर कसलाई आर्थिक शोषण गरेर पूँजी संकलन गर्ने ? अहिलेको विश्व परिदृश्यमा नेपाल जस्तो कमजोर र गरिब देशले त्यसरी पूँजी संकलन गरेर धनी हुने भन्ने कुरै भएन ।

 

ठूला करदाता कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा कारोबार रकमको आधारमा नेपालका १० ठूला कम्पनीहरूको सूचीले पनि यसलाई पुष्टि नै गर्छ । सोचका आधारमा निर्माण भएका कम्पनीहरू १० ठूला नेपाली कम्पनीहरूको सूचीमा अटाएका छैनन् । १० ठूला मात्र नभएर १०० ठूला कम्पनीहरूको सूचीमा पनि सायद यस्ता कम्पनीहरू अझै अटाएका छैनन् ।

 

विदेशी पूँजी ल्याएर पूँजी निर्माण गर्ने विषय पनि पूर्ण रूपमा नेपाल जस्तो देशका लागि सत्य सावित हुन सक्दैन । कमजोर प्रशासन र नेतृत्व भएको देशमा ठूला विदेशी लगानीकर्ताहरू नै बढी हावी हुने हुन् । उनीहरू कै हितको बढी संरक्षण हुने र भएका उदाहरणहरू पनि हाम्रै सामु नभएका होइनन् ।

 

त्यसैले सोचका आधारमा संस्था वा कम्पनी खडा गरेर आर्थिक विकासको गोरेटो कोर्नु नै अहिलेको नेपालको लागि वस्तुगत र समय सापेक्ष दृष्टिकोण हो । यसलाई अहिलकोे विश्व परिवेशले पनि समर्थन गरेकै छ । सोचकै आधारमा खुलेका एप्पल, फेसबुक, गुगल, अमेजोन जस्ता कम्पनीहरू विश्वका ठूला कम्पनीहरू बनेका छन् । कुनै समय विश्वका ठूला कम्पनीहरूमा तेल र बैंकिङ सम्बन्धी कम्पनीहरू पर्ने गर्दथे ।

 

तर, नेपालले भने पछिल्लो विश्व परिवेश बुझेको जस्तो लाग्दैन । राजनीतिक र प्रशासनिक नेतृत्वले विश्व परिवेशसँग तादम्यता राख्दै आर्थिक विकास गर्ने बाटो तय गरेको अझै देखिएको छैन । नेपालले कुन क्षेत्रमा र कसरी प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने भेउ अझै पाएको जस्तो लाग्दैन ।

 

ठूला करदाता कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा कारोबार रकमको आधारमा नेपालका १० ठूला कम्पनीहरूको सूचीले पनि यसलाई पुष्टि नै गर्छ । सोचका आधारमा निर्माण भएका कम्पनीहरू १० ठूला नेपाली कम्पनीहरूको सूचीमा अटाएका छैनन् । १० ठूला मात्र नभएर १०० ठूला कम्पनीहरूको सूचीमा पनि सायद यस्ता कम्पनीहरू अझै अटाएका छैनन् ।

 

 

आर्थिक वर्ष २०७६/७७मा कारोबारको दृष्टिकोणले नेपालको सबैभन्दा ठूलो कम्पनी नेपाल आयल निगम रहेको छ । सरकारको लगानी रहेको यो ‘मोनोपोली’मा आधिरत कम्पनीले गत आर्थिक वर्ष १ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको काराेबार गर्यो (यसमा निर्यात जोडिएको छैन) ।

 

नेपालमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरूको सूचीको दोस्रो स्थानमा टेलिकम्युनिकेशन कम्पनी एनसेल रहेको छ । सरकारले दिने लाइसेन्समा आधिरत भएर खुलेको यो कम्पनीले गत आर्थिक वर्ष ४२ अर्ब ४० करोड रुपैयाँको कारोबार गरेको छ (यसमा निर्यात जोडिएको छैन) ।

 

नेपालको सातौं ठूलो कम्पनी भाटभटेनी सुपरमार्केट रहेको छ । यो कम्पनी भने केही दशकअघि खुद्रा व्यवसायलाई व्यवस्थित गर्ने सोचका खुलेको कम्पनी हो । त्यो समय खुद्रा व्यवसायको क्षेत्रमा त्यस्तै खाले विश्व परिवेश निर्माण पनि भइरहेको थियो । सामान्य परिवेशबाट आएको मानिसले खोलेको र मुल रूपमा अलि फरक सोचमा आधारित रहेर खुलेको यो कम्पनी नेपालका १० ठूला कम्पनीको सूचीमा पर्नु पक्कै पनि सुखद आश्चर्य हो । यो कम्पनीले गत वर्ष १७ अर्ब ८५ करोड रुपैयाँको कारोबार गरेको थियो ।

 

यसैगरी उत्पादनमूलक कम्पनी सूर्य नेपाल कारोबारको हिसाबले नेपालको तेस्रो ठूलो कम्पनी रहेको छ । गत वर्ष यो कम्पनीले ३६ अर्ब ६५ करोड रुपैयाँको कारोबार गरको छ (यसमा निर्यात जोडिएको छैन) । देशका परम्परागत रुपमै पहुँचवाला मानिसहरूले खोलेको कम्पनी हो यो ।

 

नेपालको चौथो ठूलो कम्पनी पनि सरकारको समेत लगानी रहेको र लाइसेन्स मै आधारित कम्पनी नेपाल टेलिकम रहेको छ । यो कम्पनीले गत वर्ष ३३ अर्ब ३९ करोड रुपैयाँको कारोबार गरेको छ ।

 

पाँचौ ठूलो कम्पनीमा व्यवसायीक घरानाले खोलेको कम्पनी जगदम्बा स्टिल्स रहेको छ । यो कम्पनीले गत वर्ष २१ अर्ब ५० करोडको कारोबार गरको छ ।

 

सिप्रदी ट्रेडिङ नेपालको छैठौं ठूलो कारोबार गर्ने कम्पनीको रूपमा रहेको छ । यो कम्पनीले गत वर्ष १९ अर्ब ७२ करोड रुपैयाँको कारोबार गरेको छ ।

 

नेपालको सातौं ठूलो कम्पनी भाटभटेनी सुपरमार्केट रहेको छ । यो कम्पनी भने केही दशकअघि खुद्रा व्यवसायलाई व्यवस्थित गर्ने सोचका खुलेको कम्पनी हो । त्यो समय खुद्रा व्यवसायको क्षेत्रमा त्यस्तै खाले विश्व परिवेश निर्माण पनि भइरहेको थियो । सामान्य परिवेशबाट आएको मानिसले खोलेको र मुल रूपमा अलि फरक सोचमा आधारित रहेर खुलेको यो कम्पनी नेपालका १० ठूला कम्पनीको सूचीमा पर्नु पक्कै पनि सुखद आश्चर्य हो । यो कम्पनीले गत वर्ष १७ अर्ब ८५ करोड रुपैयाँको कारोबार गरेको थियो ।

 

पूँजीलाई नै मुल आधार बनाएर ठूला व्यवसायीक घरानाहरूले चलाइरहेका कम्पनीहरू गोर्खा ब्रुअरी र हंश राज हुलासचन्द एण्ड कम्पनी नेपालका आठौं र नवौं ठूला कम्पनी रहका छन्, कारोबारका आधारमा । यी दुई कम्पनीले गत वर्ष क्रमश १७ अर्ब ६० करोड र १६ अर्ब ७३ करोड रुपैयाँको कारोबार गरेका छन् ।

 

नेपालको दशौं ठूलो कम्पनी भने जगदम्बा इन्टरप्राइजेज रहेको छ । यो कम्पनीको गत वर्षको कुल कारोबार १५ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

 

यो सूची झट्ट हेर्दा सामान्य सूची जस्तो मात्र लागे पनि यसले नेपालको समग्र आर्थिक संरचान प्रतिविम्वित गरको छ । करिब ४०–५० वर्ष अघिको विश्वमा झैं सरकारको लगानी रहेको, लाइसेन्सका आधारमा खुलेको वा पूँजी र पहुँचलाई नै मूल आधार मानेर खुलेका कम्पनीहरूले सूचीमा डेरा जमाएका छन् ।

 

सोचका आधारमै ठूला–ठूला कम्पनीहरू निर्माण हुने अहिलेको विश्व परिस्थिति नेपालमा अझै निर्माण नभइसकेको यो सूचीले प्रष्टै देखाएको छ । तर, अबको विश्वमा आर्थिक विकास गर्ने हो भने विश्व परिवेशमै आफुलाई ढालेर लैजान र त्यसका लागि नीतिगत वातावरण बनाउँदै लैजानुको भने विकल्प देखिएको छैन ।

सरकारलाई सर्वोच्चको झड्का, तत्काल कृषिमा विदेशी लगानी खुला नगर्नू Read Previous

सरकारलाई सर्वोच्चको झड्का, तत्काल कृषिमा विदेशी लगानी खुला नगर्नू

सेयर बजारले फेरि बनायो नयाँ इतिहास, यी १३ कम्पनीका लगानीकर्ता भए मालामाल Read Next

सेयर बजारले फेरि बनायो नयाँ इतिहास, यी १३ कम्पनीका लगानीकर्ता भए मालामाल