सरकारलाई सर्वोच्चको झड्का, तत्काल कृषिमा विदेशी लगानी खुला नगर्नू

काठमाडौं । सर्वोच्च अदालतले कृषिमा वैदेशिक लगानी खुला गर्ने नीति तत्कालै कार्यान्वयन नगर्न सरकारको नाममा अन्तिरिम आदेश जारी गरेको छ ।

 

कृषिका प्राथमिक उत्पादनका क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्चमा दायर रिटमा न्यायाधीश डा.मनोज कुमार शर्माको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

 

कृषिमा वैदेशिक लगानी खुला गर्ने नीति रोक्नुपर्ने माग गर्दै अधिवक्ता डा.पुण्यप्रसाद खतिवडासहितले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

 

साथै, सर्वोच्चले कृषिका प्राथमिक क्षेत्रमा वैदेशिक लगानी खुला गर्नुका कारण १५ दिनभित्र पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई भनेको छ ।

 

सरकारले  विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ संशोधन गर्दै  पुस २० गतेदेखि कृषिमा विदेशी लगानी खुला गरेको थियो ।

 

त्यसयता, कृषिसँग सम्बन्धित विभिन्न क्षेत्रका उद्यमीहरु सरकारको यस नीतिको विरुद्धमा आन्दोलन गर्दै आएका छन् ।

महानगरको ६ महिनाको प्रगति : २३ किमी सडक कालोपत्र, २ आकाशे पुल निर्माण Read Previous

महानगरको ६ महिनाको प्रगति : २३ किमी सडक कालोपत्र, २ आकाशे पुल निर्माण

विश्व अर्थतन्त्रको परिवेश र नेपालका १० ठूला कम्पनीको कारोबार (तथ्यांकसहित) Read Next

विश्व अर्थतन्त्रको परिवेश र नेपालका १० ठूला कम्पनीको कारोबार (तथ्यांकसहित)