काठमाडौं। लक्ष्मी बैंकले ल्होत्से बहुद्देश्यीय प्रालिको सहभागितामा बस टिकट बुकिङ सेवाको भुक्तानी गर्न पाउने गरी थप नयाँ सुविधा ल्याएको छ।
अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाइल मनि–वालेटबाट क्युआर स्क्यान गरी फोनपे नेटवर्क अन्तर्गत भुक्तानी गर्न सक्नेछन्।
क्युआरबाट बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाडौंको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध छ।
क्युआर पेमेन्टले ग्राहकहरुलाई छिटो एव छरितो सहज रूपले भुक्तानी गर्न सक्ने विश्वास बैंकले लिएको छ।
बैंकले विगतमा क्युआर पेमेन्टलाई अस्पताल, शपिङ मल र इन्टरनेट सेवा प्रदायक लगायत विभिन्न साना-ठूला व्यापारिक संस्थाहरुमा सञ्चालन गर्दै आएको छ ।