कोरोनाका बीच नयाँ उद्योग खुल्ने क्रम बढ्दै, ६ महिनामा ७२ अर्ब लगानी प्रस्ताव

काठमाडौं । कोरोनाका बीच नयाँ उद्योग, कलकारखाना खुल्ने क्रमले गति लिएको छ । पछिल्लो समय क्रमशः अर्थतन्त्र चलायमान हुन थालेसँगै नयाँ उद्योग खुल्ने क्रम पनि बढेको हो ।

 

कोरोनाका कारण गत चैतदेखि साउनसम्म नयाँ उद्योग खुल्नेक्रम ठप्प प्रायः रहे पनि त्यस यता क्रमशः नयाँ उद्योग खुल्न थालेका हुन् । साउनमा लकडाउन हटेसँगै क्रमशः आर्थिक गतिविधि सञ्चालन हुँदा उद्योगीहरुले नयाँ उद्योगमा लगानी गर्न थालेका हुन् ।

 

उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा १०३ नयाँ उद्योग दर्ता भएका छन् । ती उद्योग संचालन गर्न कुल ७२ अर्ब ६२ करोड रुपैयाँ लगानी गर्ने उद्योगीहरुले प्रतिबद्धता जनाएका छन् । यी उद्योग संचालनमा आएपछि ६ हजार २८८ जनाले प्रत्यक्ष रोजगारी पाउने विभागले जनाएको छ ।

 

यस अवधिमा सबैभन्दा धेरै सेवामूलक क्षेत्रमा २३ वटा नयाँ उद्योग दर्ता भएका छन् । यी उद्योग संचालनमा ल्याउन ६ अर्ब ५१ करोड रुपैयाँ लगानी हुने भएको छ ।

 

यस्तै, कृषि क्षेत्रमा १३ उद्योगमा ३ अर्ब, ऊर्जा क्षेत्रमा १३ आयोजनामा ५३ अर्ब ६३ करोड, सूचना प्रविधि क्षेत्रका ५ उद्योगमा ६५ करोड, पूर्वाधारतर्फ १ अर्ब ५७ करोड लगानीमा एउटा उद्योग दर्ता भएको छ ।

 

यस्तै, पुस मसान्तसम्ममा सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रका उद्योग दर्ता भएका छन् । यी उद्योग संचालनमा ल्याउन ६ अर्ब ५१ करोड लगानी हुने विभागले जनाएको छ । यस अवधिमा खनिज उत्खनन् तथा अनुसन्धानका लागि १२ करोड दलगानीको एउटा र पर्यटन क्षेत्रमा ३ अर्ब ३६ करोड लगानी गर्ने गरी १९ उद्योग दर्ता भएका उद्योग विभागको तथ्यांकले देखाएको छ ।

 

चालू आवमा सबैभन्दा धेरै असोज र साउनमा समान २६/२६ उद्योग दर्ता भएका छन् । असोजमा कृषि, ऊर्जा र उत्पादनमूलक क्षेत्रमा समान ४/४ वटा उद्योग दर्ता भएका थिए भने सूचना प्रविधिमा ३, सेवामूलकमा ५ र पर्यटन क्षेत्रमा ६ वटा उद्योग दर्ता भएका छन् । यी उद्योगहरु १८ अर्ब ७३ करोड रुपैयाँ लगानीमा संचालनमा आउने भएका हुन् ।

 

यस्तै, साउनमा ३४ अर्ब ६६ करोड लगानीमा २६ नयाँ उद्योग दर्ता भएका थिए । जसमा कृषितर्फ १, ऊर्जातर्फ ५, उत्पादनतर्फ ६, सेवामूलकतर्फ १० र पर्यटनतर्फ ४ उद्योग दर्ता भएका थिए ।

 

भदौमा जम्मा ७ नयाँ उद्योग दर्ता भएका थिए । उक्त उद्योगहरु ८ अर्ब ९७ करोड रुपैयाँ लगानीमा सचालनमा ल्याउने गरी दर्ता भएका हुन् । सो महिना कृषिमा १, उर्जामा २, उत्पादनमा १ र पर्यटनतर्फ ३ नयाँ उद्योग दर्ता भएका थिए ।

 

यस्तै, कार्तिक महिनामा २२ उद्योग दर्ता भएका थिए । तीे उद्योगहरु ४ अर्ब १९ करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याउने तयारी छ । कृषितर्फ ४, ऊर्जातर्फ १, सूचना प्रविधितर्फ १, उत्पादनतर्फ ९ सेवा मूलकतर्फ ५ र पर्यटनतर्फ २ गरी २२ वटा मात्र उद्योग दर्ता भएका हुन् ।

 

मंसिर महिनामा ९ उद्योग दर्ता भएका छन् । ती उद्योग २ अर्ब ७९ करोड रुपैयाँ लगानीमा सञ्चालनका लागि दर्ता भएका हुन् । सो महिना कृषिमा १, उर्जामा १, उत्पादनमा ३, सेवामूलकमा र पर्यटनमा २/२ वटा गरी ९ उद्योग दर्ता भएका छन् ।

 

पुस महिनामा ३ अर्ब २६ करोड रुपैयाँ लगानीका १३ नयाँ उद्योग दर्ता भएका छन् । यस महिना कृषि क्षेत्रमा २, उत्पादनमूलक क्षेत्रमा ५, पर्यटन क्षेत्रमा २, सूचना तथा प्रविधि, पूर्वाधार, खनिज र सेवामूलक क्षेत्रमा समान १/१ वटा नयाँ उद्योग दर्ता भएका छन् ।

सरकारले संचालनमा ल्यायो नागरिक एप, व्यक्तिको सबै विवरण एकै ठाउँमा हेर्न सकिने Read Previous

सरकारले संचालनमा ल्यायो नागरिक एप, व्यक्तिको सबै विवरण एकै ठाउँमा हेर्न सकिने

इतिहासकै ठूलो आइपीओ ल्याएको पूर्वाधार बैंकमा को-को छन् प्रमोटर सेयर होल्डर ? Read Next

इतिहासकै ठूलो आइपीओ ल्याएको पूर्वाधार बैंकमा को-को छन् प्रमोटर सेयर होल्डर ?