सरकारले संचालनमा ल्यायो नागरिक एप, व्यक्तिको सबै विवरण एकै ठाउँमा हेर्न सकिने

काठमाडौं । सरकारले नागरिक एप संचालनमा ल्याउने निर्णय गरेको छ । आज मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै  सरकारका प्रवक्ता/सूचना तथा संचारमन्त्री पार्वत गुरुङले नागरिक एप संचलनमा आएको जानकारी दिए ।

 

उनका अनुसार आजैबाट यसको सेवा नागरिकले लिन सक्नेछन् ।अहिले यो एप मार्फत नागरिकले नागरिकता विवरण, स्थायी लेखा नम्बर (प्यान)को विवरण, संचय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष लगायतको विवरण एकै ठाउँमा हेर्न पाइने छ ।

 

सरकारले यही एपबाट आगामी तीन महिना भित्रै यातायात क्षेत्रसँग सम्बन्धीत कर लगायतका सेवा आफ्नै मोवाइलबाट तिर्न सक्नेगरी काम भइरहेको उनले जानकारी दिए । यो एपलाई सिजलै एप स्टोरबाट डाउनलोड गर्न सकिने छ ।

 

सरकारले अबको तीन महिना भित्र सेवालाई थप विस्तार गर्दै लाने जनाएको छ । यसले नेपालमा सरकारी राजश्व तिर्न घन्टौ लाइन बस्नु पर्ने दिनको अन्त्य गर्ने विश्वास सरकारले लिएको छ ।

तंग्रिँदै पोखराको पर्यटन व्यवसाय Read Previous

तंग्रिँदै पोखराको पर्यटन व्यवसाय

कोरोनाका बीच नयाँ उद्योग खुल्ने क्रम बढ्दै, ६ महिनामा ७२ अर्ब लगानी प्रस्ताव Read Next

कोरोनाका बीच नयाँ उद्योग खुल्ने क्रम बढ्दै, ६ महिनामा ७२ अर्ब लगानी प्रस्ताव