उपत्यकाको लाइफलाइन मुग्लिन–नागढुंगा सडक विस्तारका लागि थप अध्ययन सुरु

काठमाडौं । उपत्यकाको लाइफलाइनको रुपमा रहेको पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुग्लिन–नागढुंगा सडकखण्ड निर्माण प्रक्रिया अझै लम्बिने भएको छ । तुरुन्तै निर्माण गर्दा सडक सञ्चालनमा आइपर्न सक्ने समस्याका कारण थप अध्ययनको आवश्यकता भएकाले निर्माण सुरु हुन अझै समय लाग्ने विभागले जानकारी दिएको छ ।

 

मुग्लिन–नागढुंगा सडक निर्माणका लागि डिजाइन तयार भइसकेको छ । हाल विभागले निर्माणका क्रममा आउन सक्ने समस्याका विषयमा थप अध्ययन अगाडी बढाएको विभागका महानिर्देशक केशव कुमार शर्माले जानकारी दिए ।

 

विभागले हालको सडकलाई विस्तार गरेर ४ लेनमा निर्माण गर्न लागेको हो । अहिले सडकको चौडाई ठाउँ ठाउँमा फरक भएकाले ४ लेन बनाउन कठिनाई भएको विभागले जानाएको छ ।चलिरहेको सडकमा काम गर्दा धेरै अवरोध आउने भएकाले त्यसबाट बच्न नयाँ सडक निर्माण गर्ने सन्दर्भमा थप अध्ययन भइरहेको शर्माले जानकारी दिए ।

 

सुधारभित्र २१ वटा पुल, करिब ७ किलोमटिर क्लाम्बिङ लेन, घुम्ती (मोड) सुधार, २६ वटा पुलको मर्मत गरिनेछ । सो सडकखण्डमा पर्ने कतिपय बांगो बनेका पुललाई सीधा बनाउने र आवागमनमा सुधार ल्याउने विभागको तयारी रहेको छ । त्यस्तै, ठाउँ–ठाउँमा १५ वटा अकाशे पुल समेत निर्माण गरिने भएको छ ।

 

‘डिजाइन भइसकेको छ तर, त्यसको कार्यान्वयन अहिले भएकै बाटोमा गर्दा अर्को समस्या आउने हो कि भनेर अध्ययन भइरहेको छ,’ महानिर्देशक शर्माले भने । उनले हाल टनेल कहाँ बनाउने भन्ने विषयमा पनि अध्ययन भइरहेको जानकारी दिए ।

 

अहिलेकै सडक संरचनामा कसरी विस्तार गर्ने, कति क्षमताको गाडी गुड्ने गरि सडक विस्तार अघि बढाउने लगायतका विषयमा थप अध्ययन भइरहेको उनले बताए । यसको अध्ययन सकिना साथ विश्व बैंकको टोली आएर त्यसको निरिक्षण गर्ने छ ।

 

विश्व बैंकले उक्त सडकखण्ड निर्माणमा १ प्रतिशत ब्याजमा ऋण सहयोग गर्ने भएको छ । उक्त सडकखण्ड निर्माणका लागि २२ अर्बको हाराहारीमा रकम आवश्यक पर्ने अनुमान गरिएको छ । आवश्यक रकम विश्व बैंकले ऋण सहयोग गर्ने भएपनि त्यसमा अपुग रकम नेपाल सरकारले ब्यहोर्ने छ ।

 

चालु आर्थिक वर्षमै ठेक्का लाग्ने

 

महानिर्देशक शर्माले चालु आर्थिक वर्ष भित्र ठेक्काको काम सुरु गर्ने लक्ष्य राखिएको बताए । उनका अनुसार यही आर्थिक वर्षमा ठेक्काको काम सुरु भए आगामी आर्थिक वर्षभित्र मुग्लिन–नागढुंगा सडकखण्डमा काम सुरु गरिने छ । ठेक्का लागेको ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने विभागले योजना बनाएको छ ।

 

कुल ९२ किलोमिटरको सो सडकखण्डको चौडाई सबै तिर बराबर नभएकाले हाल त्यहाँ सवारी सञ्चालनमा समस्या रहेको छ । सडकमा पर्ने बजार क्षेत्रमा ‘सर्भिस’ लेन तथा आकासे पुल निर्माण गरिनेछ । यस्तै, उकालो भएका ठाउँमा मालबहाक सवारीका लागि निर्धारित लेन निर्माण गरिने छ । सिस्नेखोला देखि धार्केसम्म २ लेनको ११ किलोमिटर नयाँ सडक निर्माण गरिनेछ । त्यसका लागि ६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

 

बाँकी रहेको सिस्नेखोला देखि मुग्लिनसम्मको पुल निर्माण र मर्मत तथा सडक मर्मत–सम्भारलगायतका काम गरिनेछ । सुधारभित्र २१ वटा पुल, करिब ७ किलोमटिर क्लाम्बिङ लेन, घुम्ती (मोड) सुधार, २६ वटा पुलको मर्मत गरिनेछ । सो सडकखण्डमा पर्ने कतिपय बांगो बनेका पुललाई सीधा बनाउने र आवागमनमा सुधार ल्याउने विभागको तयारी रहेको छ । त्यस्तै, ठाउँ–ठाउँमा १५ वटा अकाशे पुल समेत निर्माण गरिने भएको छ ।

 

२ लेन भन्दा कम सडक निर्माण नगर्ने

 

आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्याक्रममा संघीय सरकारले दुई लेनभन्दा तलका सडक निर्माण नगर्ने उल्लेख गरेको छ । पृथ्वी राजमार्ग संघीय सरकार मातहत पर्छ ।

 

सन् १९७४ मा निर्माण गरिएको राजमार्गको अधिकतम चौंडा २ लेनभन्दा सानो थियो । काठमाडौं उपत्यका छिर्ने मुख्य सडकलाई एसियाली मापदण्ड अनुरुप विकास गर्न तयारी सरकारले गरेको छ ।

 

मुख्य सडक २ लेनमा विस्तार गरिने भएता पनि बजार क्षेत्रमा भने सर्भिस लेन निर्माण गरिनेछ ।

मुक्तिनाथ विकास बैङ्कद्धारा बगैँचा हस्तान्तरण Read Previous

मुक्तिनाथ विकास बैङ्कद्धारा बगैँचा हस्तान्तरण

कृषि विकास बैंकको लोभ लाग्दो प्रगति, खुद नाफा ४ अर्ब ३५ करोड Read Next

कृषि विकास बैंकको लोभ लाग्दो प्रगति, खुद नाफा ४ अर्ब ३५ करोड