मुक्तिनाथ विकास बैङ्कद्धारा बगैँचा हस्तान्तरण

काठमाडौं । मुक्तिनाथ विकास बैङ्कले काठमाडौँ महानगरपालिका–१ स्थित कमलपोखरीमा रहेको महानगरीय प्रहरी वृत्त अगाडिको बगैँचा आज वडालाई हस्तान्तरण गरेको छ ।

 

सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्कले करीब आठ लाखको लागतमा एक महिनाका अवधिमा उक्त स्थानमा हरियाली फूल र विरुवाले सजाएर बगैँचा निर्माण गरेको हो ।

 

यहाँ आज आयोजित कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले वडाध्यक्ष भरतलाल श्रेष्ठलाई बगैँचा हस्तान्तरण गर्दै आफ्नो संस्थाले वित्तीय कारोवारका साथै सामाजिक विकासका लागि आवश्यक स्थानीय पूर्वाधार तथा विकास निर्माणमा वडासँग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

बैंकले देशैभरी ११९ वटा शाखा, २५ वटा एटीएम मार्फत करिब सात लाख ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

तिनकुने नेटवर्क आर्क ब्रिज निर्माण अलपत्र, पप्पु कन्सट्रक्सनको म्याद थप अन्योलमा Read Previous

तिनकुने नेटवर्क आर्क ब्रिज निर्माण अलपत्र, पप्पु कन्सट्रक्सनको म्याद थप अन्योलमा

उपत्यकाको लाइफलाइन मुग्लिन–नागढुंगा सडक विस्तारका लागि थप अध्ययन सुरु Read Next

उपत्यकाको लाइफलाइन मुग्लिन–नागढुंगा सडक विस्तारका लागि थप अध्ययन सुरु