अझै यी ४ स्थानीय तहमा पुग्न सकेनन् वाणिज्य बैंक, शाखा संख्या १० हजार नाघ्यो

काठमाडौं । देशका कुल ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ७४९ तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।

 

नेपाल राष्ट्र बैंकका अनुसार २०७७ मंसिरसम्ममा देशका ४ स्थानीय तह मात्रै वाणिज्य बैंक पुग्न सकेको छैनन् । गत वर्षको सोही अवधिसम्म देशका ७४३ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा पुगेका थिए ।

 

राष्ट्र बैंकले २०७७ असार मसान्तसम्म सबै ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष्य लिएको भए पनि अझै त्यो पूरा हुन सकेको छैन् ।

 

राष्ट्र बैंकका अनुसार प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् । प्रदेश १ का १३७ पालिकामध्ये ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा वाणिज्य बैंकका शाखा पुगेको छैन ।

यस्तै, वाग्मती प्रदेशको ११८ स्थानीय तहमध्ये धादिङको रुवी भ्याली गाउँपालिकामा शाखा पुगेको छैन । कर्णाली प्रदेशका ७९ पालिकामध्ये जाजरकोटको जुनीचाँदै गाउँपालिका र सुदूरपश्चिमको ८८ तहमध्ये बझाङको काँडा गाउँपालिकामा वाणिज्य बैंकको शाखा नपुगेको राष्ट्र बैंकले जनाएको छ ।

 

राष्ट्र बैैंकको तथ्यांकअनुसार यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या कात्तिक मसान्तमा १४४ कायम भएको छ। यस अनुसार २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्।

 

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७ मंसिरमसान्तमा १० हजार ८६ पुगेको छ । जसमा वाणिज्य बैंकको सबैभन्दा धेरै ४५८५, विकास बैंक १०३२, वित्त कम्पनी २५३ र लघुवित्त कम्पनीको ४२१६ शाखा रहेका छन् ।

राजविराज विमानस्थल स्तरोन्नति गर्न ९७ बिघा जमिन अधिग्रहण गर्नुपर्ने, ४ अर्ब खर्च हुने Read Previous

राजविराज विमानस्थल स्तरोन्नति गर्न ९७ बिघा जमिन अधिग्रहण गर्नुपर्ने, ४ अर्ब खर्च हुने

चीनसँगको व्यापार घाटा घटाउने ट्रम्पको नीति असफल, चीनको व्यापार ३ खर्ब १७ अर्ब डलरले वृद्धि Read Next

चीनसँगको व्यापार घाटा घटाउने ट्रम्पको नीति असफल, चीनको व्यापार ३ खर्ब १७ अर्ब डलरले वृद्धि