सेयर बजारमा अर्को पनि सिमेन्ट उद्योग आउँदै, प्रिमियममा आइपीओ जारी गर्ने

काठमाडौं । पछिल्लो समय सेयर बजारमा आउन चाहने कम्पनीको संख्या बढ्दै गएको छ । सेयर बजार बुल रनमा गइरहेका बेला बजारमा आउन खोज्ने नयाँ कम्पनीको संख्या पनि बढ्न थालेको हो ।

 

यसैक्रममा अर्को सिमेन्ट उद्योग आउने पनि सेयर बजारमा आउने भएको छ । अहिले शिवम् सिमेन्ट मात्र रहेकोमा अब सोनापुर मिनरल्स एण्ड आयल कम्पनी (सोना सिमेन्ट) पनि थपिने भएको हो ।

 

कम्पनी सञ्चालक समितिको पुस २६ गते बसेको बैठकले माघ २२ गते हुने १३ औं वार्षिक साधारण सभामा प्रिमियममा आइपीओ जारी गर्ने विशेष प्रस्ताव लैजाने निर्णय गरेको हो ।

 

यस्तै, कम्पनीले साधारण सभामा वार्षिक प्रतिवेदन पेश गर्ने, आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने, संचालक समितिको निर्वाचन गर्ने लगायत प्रस्ताव मुख्य एजेण्डाको रुपमा लैजाने भएको छ ।

 

कम्पनीले सोना टेक सिमेन्ट, सोनाली सिमेन्ट, सोना सिमेन्ट, सोना चाँदी सिमेन्ट, सोनापुर सिमेन्ट र सोना श्री सिमेन्ट उत्पादन गर्दै आएको छ ।

 

यसअघि सवोत्तम सिमेन्टले पनि बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने घोषणा गरिसकेको छ ।

विदेश जाने ७८% घटे पनि रेमिट्यान्समा उल्लेख्य वृद्धि, ५ महिनामै भित्रियो ४ खर्ब १६ अर्ब Read Previous

विदेश जाने ७८% घटे पनि रेमिट्यान्समा उल्लेख्य वृद्धि, ५ महिनामै भित्रियो ४ खर्ब १६ अर्ब

विकासको नारा घन्काउने सरकारको पूँजीगत खर्च निराशाजनक, बोली फेरियो खर्च गर्ने शैली फेरिएन Read Next

विकासको नारा घन्काउने सरकारको पूँजीगत खर्च निराशाजनक, बोली फेरियो खर्च गर्ने शैली फेरिएन