काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६/०७७ मा खुद मुनाफाबाट कर्मचारीलाई २० प्रतिशत लाभांश वितरण गरेको छ ।
निगम सञ्चालक समितिको ३९ औंँ वार्षिक साधारणसभाले निगमले गत आवको नाफा रकमबाट निगमका सेयरधनीलाई २० प्रतिशत नगद लाभांश बापत २ अर्ब २० करोड वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
निगमले गत आवमा १२ अर्ब ९१ करोड ४८ लाख नाफा कमाएको थियो ।निगगमको प्रमुख सेयर होल्डर नेपाल सरकार हो । यसमा सरकारको सेयर हिस्सा ९९.४६ प्रतिशत रहेको छ । निगमको सेयर पूँजी करिब १२ अर्ब रुपैयाँ रहेको छ ।
निगमका अनुसार आव २०७६/७७ को लेखापरीक्षण समेतका वित्तीय विवरण पहिलो पटक नेपाल वित्त रिपोर्टिङ मापदण्ड (एनएफआरएस) अनुसार तयार पारिएको हो ।
।