सेयर बजारप्रति आकर्षण ह्वात्तै बढ्यो, १ महिनामै २ लाखले खोले डिम्याट खाता
चाणक्य पोष्ट
प्रकाशित : 11:07 am, बुधबार, पुस २९, २०७७

काठमाडौं । पछिल्लो समयर सेयर बजारप्रति सर्वसाधरणको आकर्षण ह्वात्तै बढेको छ । साउन यता सेयर बजार निरन्तर उकालो लागेसँगै सर्वसाधरण यसप्रति आकर्षित हुन थालेका हुन् ।

 

दोस्रो बजारमा प्रवेश गर्नेको संख्या सामान्य रुपमा बढे पनि प्राथमिक बजारमा प्रवेश गर्ने नयाँ लगानीकर्ताको संख्या ह्वात्तै बढेको देखिएको छ ।

 

पछिल्लो १ महिनामा मात्रै २ लाख बढीले डिम्याट खाता (हिताग्राही खाता) खोलेका छन् भने कुल डिम्याट खाताको संख्या करिब २५ लाख पुगेको छ ।

 

सीडीएस एण्ड क्लियरिङ लिमिटेडकाको तथ्यांक अनुसार मंगलबारसम्म २४ लाख ८७ हजार १०७ जनाले डिम्याट खाता खोलेका छन् ।

 

असार मसान्तसम्मा डिम्याट खाताको संख्या १७ लाख १४ हजार ४ सय ३२ जनाले मात्रै थियो । करिब ६ महिनामा यो संख्या साढे ७ लाखले बढेको देखिएको छ ।

 

सेयर बजारमा लगानी गर्न अहिले डिम्याट खाता अनिवार्य रहेको छ । अहिले दैनिक २०देखि २५ हजारले डिम्याट खाता खोल्ने गरेको सीडीएसले जनाएको छ ।

 

सेयर बजार प्रविधिमैत्री बन्दै जानले यसमा संलग्न हुनेहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको हो ।माघ २ देखि हालसम्मकै ठूलो पूर्वाधार बैंकको आइपीओ खुल्दैछ। इतिहासकै धेरै ८ करोड कित्ता आइपीओ खुल्ने भएकाले त्यसलाई लक्षित गर्दै खाता खोल्नेको संख्या बढेको हो ।

Advertisement Section